
महोत्तरी- मधेस प्रदेशमा ६४ वटा सडक आयोजना अन्तर्गत ३२० किलोमिटर सडक कालोपत्रे गरिने भएको छ। उक्त योजनाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले जेठको पहिलो साता गर्ने तयारी भएको मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले जानकारी दिएका छन्।
विहिबार महोत्तरीको जलेश्वर स्थित नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सभाहलमा मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्रि यादवले मधेस प्रदेशको भौतिक पुर्वाधार मन्त्रालय बाट मधेश प्रदेशको ६४ सडकको कुल तीन सय बिस किलोेमिटर कालोपत्रे सडक निर्माणको जेठ पहिलो सातामै प्रधानमन्त्रि केपी शर्मा ओलीले उक्त योेजनाको शिलान्यास गर्ने बताउनु भएको छ ।
साथै वतर्मान सरकार हल्लाको भरमा वा नकारत्मक भाषणवाजीको भरमा सरकार ढली हाल्ने अवस्था नरहेको बताउनु हुँदै उहाँले अहिले देशका प्रमुख दुई दल राजनीतिक स्थायित्व सुशासनको स्थायीत्व , विकासमा स्थायित्वमा केन्द्रित भएर देशमा राजतीनिक स्थिरिता कायम गर्न बनेको सरकार रहेको स्पष्ट पार्नु भयोे ।
यस संगै भौतिक पूर्वाधार मन्त्रलाय द्वारा महोत्तरीको वर्दिवासमा सम्पन्न ७ वटै प्रदेशका भौतिक पूर्वाधार मन्त्रिहरुले वजेट निर्माण तथा वजेट खर्च प्रक्रियामा एकरुपता ल्याउने साझा धारणा स्पष्ट पारेको कुरामा प्रकाश पार्दै उनले मधेस प्रदेशको अगामी वजेटमा एक करोड भन्दा कमको वजेट भएको योजना नराखिने जनाउनु भएको छ ।