
जनकपुरधाम - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा छापा मारेको छ।
महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सांसद कुशवाहाको घरमा छापामारी गर्दा उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई अख्तियारले नियन्त्रणमा लिएको छ।
छापामारीका क्रममा विभिन्न योजनासँग सम्बन्धित कागजातहरू पनि नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ। यद्यपि, सांसद कुशवाहा सम्पर्कविहीन रहेको स्रोतको भनाइ छ।