
महोत्तरीका ६ स्थानीय तहले मंगलबार बजेट ल्याएका छन् । औरही, गौशाला, सोनमा ,बलवा , पिपरा र बर्दिवास नगरपालिकाले मंगलबार बजेट ल्याएका हुन् ।
औरही नगरपालिकाले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४५ करोड २७ लाख ७७ हजारको अनुमानित वजेट प्रस्ताव सार्वजनिक गरेका छन् ।
औरही सरकार मार्फत सामाजिक सुरक्षा एवं संरक्षण प्राप्त गर्ने व्यवस्थाबाट सम्मुनत, सभ्य, सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा सहित औरही नगरपालिकाको १६ औं नगर सभाबाट उक्त अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम औरही नगरपालिकाको प्रमुख प्रदीप खडकाले सार्वजनिक गरेका छन्।
त्यसैगरी गौशाला नगरपालिकाको १ अर्ब १५ लाख ५ हजार ५ सय , सोनमा गाउँपालिकाको ४९ करोड ३८ लाख र बलवा नगरपालिककाको ५२ करोड ९१ लाख ९४ हजार ५ सय ७६ अनुमानित बजेट सार्वजनिक गरिएको छ।
पिपरा गाउँपालिकाले ५३ करोड ५१ लाख ४७ हजार ३ सय बजेट प्रस्तुत गरेको छ भने बर्दिवास नगरपालिकाले १ अर्ब २२ करोड ४० लाख १० हजारको बजेट ल्याएको छ ।
यसअघि रामगोपालपुर, मनरासिशवा, एकडारा, लोहरपट्टी, मटिहानी, महोत्तरी, सम्सी र भंगहाले बजेट र नीति तथा कार्यक्रम ल्याएका थिए । महोत्तरीको १५ स्थानीय तहमध्ये जलेश्वर नगरपालिका बाहेक १४ स्थानीय तहले बजेट र नीति तथा कार्यक्रम ल्याएका छन् ।



