सुजाता राई,मोरङ,विराटनगर – सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो १४औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह-२०८१ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम नेपाल पत्रकार महासंघ मोरङ भवनको तेस्रो तल्ला, एफएनजे हलमा सम्पन्न भएको हो।

कार्यक्रममा संस्थाको अध्यक्ष -श्री दिपक दाहालको अध्यक्षतामा प्रमुख अतिथि- उच्च अदालत माननीय मुख्य न्यायाधीश श्री राजनप्रसाद भट्टराईको अतिथ्य्तामा कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री विजयहरि खतिवडा ले गर्नुभएको थियो।समारोहमा पत्रकारिता तथा सहकारी क्षेत्रका विभिन्न योगदानकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन।

पुरस्कृतहरू -५२ हजार रुपैयाँ राशी तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान पुरस्कार-नेपाल पत्रकार महासंघ मोरङ्का संस्थापक अध्यक्ष सुवास ढकाल,५० हजार रुपैयाँ राशी ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार-नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष एवम् उद्घोषडेली डट्कम्का सम्पादक बन्धु पोखरेल,२१ हजार रुपैयाँ मेम्बर चन्द्र्लाल -दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार-ब्लाष्ट दैनिक विराटनगरका सम्वादाता अनिल श्रेष्ठ र १० हजार रुपैयाँ मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार -अन्लाईनकी डेस्क सम्पादक रुमा दाहाल (निशा)लाई पुरस्कृत तथा सम्मानित गरेका छ्न।

समारोहमा विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।
नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष सुवास ढकाल,कोशी प्रदेश सहकारी संघ अध्यक्ष डा. डिल्ली पोखरेल,
नेपाल पत्रकार महासंघ मोरङकी वर्तमान अध्यक्ष शुशिला पाठक,
र मुख्यमन्त्री कार्यालय, कोशी प्रदेशका सचिव एकदेव अधिकारी लगायतको उपस्थिति कार्यक्रमलाई थप गौरवशाली बनाएको थियो।
उक्त कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष मोहन भण्डारी र वर्तमान अध्यक्षले मोरङका प्रमुख जिल्ला अधिकारी इन्न्द्रदेव यादव पुरस्कृत पत्रकारहरुलाईदोसल्ला र माला सम्मानित गरेका गरे।कार्यक्रमको समापनमा अध्यक्ष दाहालले सबै अतिथि, पुरस्कार प्राप्त प्रतिभा र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।


