काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनका लागि खेलाडी दर्ता खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी दर्ता खुला भएको जनाएको हो ।
क्यानका अनुसार खेलाडीले आफ्नो इच्छाअनुसार ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा आफ्नो नाम दर्ता गराउने सक्नेछन् ।



साउन ५ गतेसम्म दर्ता खुला रहने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।





