सुजाता राई
मोरन,विराटनगर। कोशी प्रदेशको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड अन्तर प्रदेश राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, विभिन्न खेल क्षेत्रमा सफलता प्राप्ता गर्ने,खेलाडीहरु प्रशिक्षक,व्यवस्थापक,महत्त्वपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरु, खेल पत्रकारहरु र कोशी प्रदेशको खेल क्षेत्रलाई सदैव माया र सहयोग गर्ने दुई वरिष्ठ उद्योगपतिहरुलाई प्रमाणपत्र सहित नगदले जम्मा १०१ जनालाई सम्मान गरेका छ्न्न।
आयोजित विशेष समारोह राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसँगै कोशी प्रदेशमा खेलकुदको माहोल रौनकपूर्ण बनेको छ।

शनिबार विराटनगरस्थित मनास्लु होटलमा सम्पन्न उक्त कार्यक्रममा माननीय सामाजिक विकास मन्त्री पाँच कर्ण राईको अध्यक्षतामा प्रमुख अतिथि- नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अतिथ्यतामा बोर्डकि श्री विन्दिया कार्कीको सहभागीमा कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा स्वागत मन्तव्य -प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले गरेका थिए भने सञ्चालन चेतनाथ पौडेलले प्रभावशाली ढंगले चलाए।
खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूको समायोजन र मनोनयन कार्यक्रमले कोशी प्रदेशमा अन्तर्राष्ट्रियस्तरको तयारीलाई थप सुदृढ बनाएको छ।

कार्यक्रममार्फत खेलकुद क्षेत्रमा क्रियाशील अनुभवी र नव प्रतिभाशाली व्यक्तित्वहरूलाई जिम्मेवारी प्रदान गरिएको छ। पारदर्शी छनोट प्रक्रिया, समर्पित व्यवस्थापन, र भविष्यको लक्ष्यमाथि केन्द्रित योजनाबद्ध तयारीको सबैले प्रशंसा गरे।




