महोत्तरी - टिकटक लाइभमार्फत अभद्र गाली गलौज गर्दै अपशब्द प्रयोग गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
जनकपुर उपमहानगरपालिका–२४ की २० वर्षीया रोशनी खातुनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार खातुनले सामाजिक सञ्जालमार्फत प्रयोग गरेका आपत्तिजनक शब्दहरूले प्रयोगकर्तामा नकारात्मक प्रभाव पार्ने देखिएकोले उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी हिरासतमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




