धनुषा – रगत अभावलाई कम गर्न उदेश्यले सात वर्ष अगाडि स्थापना भएको ब्लड फर नेपाल साताँै वार्षिकउत्सब मनाईरहेको छ । कसलाई रगत चाहियो नजिकको ब्लड बैँक (रक्तसंचार केन्द्र) मा पाईन भने यस्तो अवस्थामा रगत व्यवस्थापन सहजिकरण गर्ने लगायत रक्तदान कार्यक्रम लगायत अन्य सम्बन्धित विभिन्न गतिविधि संचालन गर्दै आईरहेको छ । धनुषा निवासी सरोज कुमार महतोले स्थापना गरेको ब्ल्ड फर नेपाल हालसम्म २५ हजार ३८२ जनालाई रगत व्यवस्थापन गरिसकेको छन्।
ब्लड फर नेपालका सचिव भावानी साहले जानकारी गराउनु हुन्छ “रगत व्यवस्थापनका लागि ४ हजार ३९३ जना रक्तदाताहरुलाई परिचालन, ६ हजार ९८२ पिन्ट रक्तदान कार्यक्रम गराएर देशभरीका विभिन्न रक्तसंचार केन्द्रलाई हस्तान्तरण, २४० वटा रगतका कुरा अर्थात रक्तदान जारुगकता कार्यक्रम संचालन, प्रत्यक्ष रुपमा १ लाख ३५ हजार माझ पुगिसकेका छौ, भने १ हजार ४२५ जनाको रगत समुह परिक्षणसँगै १२८ जनाको मधुमेह जाँच र विभिन्न कार्यक्रम मार्फत ८ हजार १०० जनालाई मास्क वितरण र ३ हजार ५०० जनालाई जिवनजल वितरण गरिसकेका छौ” ।



“हामी आफ्नो गतिविधि संचालन गर्न विभिन्न संघसंस्थासँग सहकार्य गरिरहेको छौ भने गर्ने क्रममा छौ” ब्लड फर नेपालका कोषाध्यक्ष अर्चना झा जिले बताउछिन्, साथै थपछिन् चुनौतिको कुरा गर्दा आर्थिक रुपमा सबल हुन नसक्नु पनि महत्वपुर्ण हो । सहकार्य गर्नका लागि सबैमा अपिल पनि गर्न पनि चाहन्छौ । ब्लड फर नेपालका उपाध्यक्ष संतोष यादव ज्युले बताउनु हुन्छ “पछिल्लो समय युवाहरुलाई जोड्न कलेज प्रतिनिधि, संस्थाहरुलाई जोड्न एसोसेट मेम्बर लगायत आजिवन सदस्यका सुरुवात गरेको छौ, यसले संस्थालाई अगाडि बढाउन सहज र रगत व्यवस्थापन प्रभावकारी हुनेछ” ।
“रक्तदान कार्यक्रम, रगतका कुरा (रक्तदान सचेतना कार्यक्रम), रक्तसेवाहटलाईन मार्फत रगत केस व्यवस्थापन, रक्तसमुह परिक्षण लगायत रगतसँग सम्बन्धि विभिन्न कार्यक्रमसँग सँगै स्वास्थ्य शिविरहरु संचालन गर्दै आईरहेका छौ” भन्ने कुरा ब्लड फर नेपालका कार्यकारी केन्द्रिय मनिष भाद्र ज्युले बताउनु हुन्छ । ब्लड फर नेपालका कार्यकारी केन्द्रिय सदस्य अजय यादव ज्युले बताउनु हुन्छ, “हाल सम्म देशका हरेक प्रदेशमा प्रतिनिधि रहेको छ अझै पनि गण्डकी प्रदेशका पुग्न सकेका छैनौँ, तर गण्डकी प्रदेशमा गरिनु पर्र्ने कार्यक्रम त्यहाँका विभिन्न संघसंस्थासँग सहकार्य गरे गर्ने गरेको छौ” । ब्लड फर नेपालका कार्यकारी केन्द्रिय सदस्य रामविनय यादव ज्युले बताउनु हुन्छ, “हाम्रो गतिविधि संचालन गर्न समाजिक संजालको अह्म भुमिका रहेको छ र यसले विश्वलाई जोड्न सहज बनाउँछ । अझै प्रभावकारी बनाउन काम गदै छौ भने थप्नु भयो” ।
“कसैलाई रगत अभावबाट समस्या भयो भने देश मै सक्रिय रुपमा काम गर्ने स्वयंसेवी संस्था ब्लड फर नेपाल हो, यसमा कुनै न कुनै रुपमा जोडि रहँदा र आफ्नो योगदान पुराईरहँदा खुशीलाई लाग्छ” भन्ने कुरा ब्लड फर नेपालका बरिष्ट सल्लाहकार क्षितिज कार्की ज्युले बताउनु हुन्छ । संस्थापक महतोले बताउनुहुन्छ, “देशका रगत अभाव कम गर्न धेरै काम गर्नुछ, जसका लागि देशका विभिन्न ठाउँमा टिम त्यसका नेतृत्वकर्ता र सक्रिय सदस्यहरु मनोकारी मनले काम गर्दैछ, वहाँहरुको साथ बिना असम्भव छ ।
सात वर्षको अवधिमा वास्तविक हिरो सम्पुर्ण रक्तदाता, सक्रिय सदस्य, सहकार्य गर्ने संघसँस्था, शुभेच्छुकहरु लगायत सबैमा हार्दिक नमन र भविष्यमा तपाईहरुको अह्म भुमिका रहोस् अपेक्षा छ । आउँनुस् सँग मिलेर रगतका कुरा देशभरी फैलाउँ र रगत अभाव कम गरौँ । ब्लड फर नेपाललाई सातौ वार्षिकउत्सवका लागि बधाई ।




