सुजाता राई
मोरङ । नोबेल साकोस साहित्य संस्था विराटनगर स्थित दाहाल प्रतिष्ठानको सभा हलमा शनिबार नियमित मासिक रचना वाचन भएको छ।
आयोजित कार्यक्रममा तीज विशेष रचना वाचन, मायाको चिनो हस्तान्तरण तथा विभिन्न भाषा–भाषीका सिर्जनाहरू प्रस्तुत गरिँदै साहित्यिक माहोल सिर्जना गरिएको हो।



संस्थाकी अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा प्रमुख अतिथि -सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवालको अतिथ्यतामा सम्पन्न भयो।

विशिष्ट अतिथिका रूपमा चारु प्रतिष्ठानका प्रमुख डा. देवी पन्थी, छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेल, संगम अभियानका सम्पादक रामबाबु दाहाल, अग्रज साहित्यकार शिव नारायण सिङ्गल, सिर्जनामा इनरुवाका सचिव रमेन्द्र कोइराला, साहित्यकार रोमु अधिकारी, झोराहाट नाट्य समूहका प्रमुख भरत गुरागाईं ‘बर्बरिक’, कोशी साहित्य कला प्रतिष्ठानका अध्यक्ष केशु विरही तथा दाहाल प्रतिष्ठानका सचिव चित्र प्रसाद दाहालको उपस्थितिले कार्यक्रमको सोभा बढ्यो ।
कार्यक्रममा प्रयाग न्यौपाने, डोमी कामत, नवराज पोखरेल ‘नवशिला’, पुण्य चौलागाईं, चूडामणि घिमिरे, राधा भट्टराई, राधा सुवेदी, नानुमैया दाहाल, कर्ण संजय, सुरेश अग्रवाल, केशव रिजाल, जे.बी. खत्री, गीतकार इन्द्र न्यौपाने, संस्थाका कोषाध्यक्ष ऋषि तिवारी, विराट साहित्य संगमका सचिव गोपाल निर्भिक, अग्रज साहित्यकार उमानाथ भट्टराई, भक्ति दाहाल, एल.पी. पराजुली, भोला दाहाल, गीता देवी पोखरेल, प्रिन्स प्रमोद ढकाल, उद्धव के.सी, सचिव सुजाता राई लगायतका साहित्यकारहरूले रचना वाचन गरेका थिए।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष भूपाल अधिकारीले गरे सञ्चालन सह–सचिव रेणुका राईले गरेकी थिइन ।
उक्त कार्यक्रमले साहित्यिक संवाद, सौहार्द र संस्कृतिक उत्सवलाई प्रोत्साहित गर्दै स्थानीय साहित्यिक माहोललाई थप समृद्ध बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।





