महोत्तरी - महोत्तरीको औरही नगरपालिकामा किसानका धानबालीमा रोग देखिन थालेपछि किसानहरु चिन्तित बनेका छन् । रोग एउटै देखिए पनि बजारका बिषादी पसलहरुले फरक–फरक बिषादी सुझाएपछि किसानमा झन् अन्योल बढेको छ । औरही नगरपालिका–१ का किसान राम बिनय यादव, वडा नं. २ का किसान दिनेश यादव, नविन यादव लगायतले बालीमा देखिएको रोग नियन्त्रणका लागि विश्वसनीय परामर्श नपाएको गुनासो गरेका छन् ।

उनीहरूका अनुसार नगरपालिकाभित्र रहेका हरेक बिषादी पसलहरुले अलग–अलग बिषादी दिने गरेका छन् तर रोग नियन्त्रणमा खासै प्रभावकारी नदेखिएको छ । यसै विषयमा किसानले कृषि शाखा कार्यालयमा पुगेपछि प्रमुख सुनिल कुमार यादव र शाखाका ना.प्रा.स कविता बिष्ट स्वयं खेतमै पुगेर निरीक्षण गरेकी थिइन् । उनले खेत र बिषादी पसल समेत अनुगमन गरे पनि किसानको गुनासो छ कि रोग पहिचान र नियन्त्रणका लागि कुनै ठोस कार्यक्रम सञ्चालन भएको छैन ।

कृषि शाखा प्रमुख यादवले भने, “आजसम्म कुनै किसानले रोगको विषयमा सिधै कार्यालयमा सम्पर्क गरेका थिएनन् । हाम्रो कार्यालयले राखेका कृषि कार्यक्रमहरुमा पनि किसानहरुको उपस्थिति न्यून रहँदै आएको छ ।”

किसान दिनेश यादवले भने, “धानमा रोग मात्र हैन, पानीको समस्या पनि ठूलो छ । यस वर्ष समयमा वर्षा भएन, झरपात भए पनि खेतमा पुग्ने पानी पर्याप्त छैन ।” धानबालीमा रोग र पानीको अभाव दुवै समस्या देखिँदै जाँदा किसानको उत्पादनमा असर पर्ने चिन्ता बढेको छ ।यस्तो अवस्थामा हामी किसान झन् मारमा परेका छौं ।

”तर किसानहरुको गुनासो भने फरक छ । उनीहरुका अनुसार कृषि शाखाले अनुगमन गर्ने नाममा खेतमै आए पनि ठोस समाधान दिन सकेको छैन । रोगको सटीक पहिचान र एउटै ढाँचा अनुसार बिषादी उपलब्ध नगरिए किसानको श्रम र पूँजी दुवै खेर जाने उनीहरुको आक्रोश छ ।







