महोत्तरी - जनमत पार्टीले मधेस प्रदेशमा ‘स्वराज आन्दोलनका प्रथम वीर सहिद’ राम मनोहर यादवको आठौँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ। सोहि क्रममा औरही नगरपालिकाको नगर संयोजक देवेन्द्र साहको नेतृत्वमा स्मृति दिवसका अवसरमा औरही नगरपालिकाको प्रत्येक वडामा कार्यक्रम गरिएको छ।

वडा संयोजकहरूको पहलमा सहिद यादवको फोटोमा फूल, अबिर चढाएर तथा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको नगर संयोजक साहले जानकारी दिए। प्रत्येक वडामा स्थानीय कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

स्मृति दिवसका क्रममा सहिद राम मनोहर यादवको योगदानलाई स्मरण गर्दै जनमत पार्टीका कार्यकर्ताहरूले स्वराज आन्दोलनको बाटोमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए।जनमत पार्टीले विगतदेखि आफ्ना शहीदहरूको सम्मान र स्मरणलाई निरन्तरता दिँदै आएको छ।

पार्टीका अनुसार सहिदको सपनालाई पूरा गर्ने लक्ष्यसहित संगठनले जनताको हकहितका लागि आफ्नो आन्दोलनलाई अझ सबल बनाउने अठोट गरेको छ।






