महोत्तरी - औरही नगरपालिकामा नयाँ हाकिमको रुपमा उप सचिव सुशील प्रसाद आचार्यले हाजिर भएका छन् ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा आचार्य हाजिर भएका हुन् ।

नगरपालिकामा दक्ष तथा अनुभवी कार्यालय प्रमुखद्वारा सम्पूर्ण काम सहज रुपमा गर्न सकिने र औरही नगरपालिकामा बिगतको दिन भन्दा गुणस्तरीय विकास गर्नको लागि प्रशासनीय दर्जाको कर्मचारी ल्याउनु आवश्यक परेकोले आचार्य लाई ल्याइएको नगर प्रमुख प्रदिप कुमार खड्काले जानकारी दिएका छन् ।

उनलाई आज नगर प्रमुख प्रदीप कुमार खड्का,नगर उप प्रमुख रेनु झा लगायत कर्मचारीहरुले स्वागत गरेका छ्न् ।
यस अघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आचार्य उप सचीवको जिम्मेवारी सम्हालेका थिए ।






