चलायो गोली बग्यो रगत, सेतो सूर्य र चन्द्र भाको राष्ट्रिय झण्डा रातो भएको छ ।
पार्टीको झोले ले रगतको खोला बगाएको छ।
देश बेचेर जनता लुटी खाएको छ, अब आफू असल भलादमी झैँ भएर आएको छ।
उठ- उठ युवा हो Gen-Z को आन्दोलन Hijack भएको छ ।
हामी शासन बदलिन खोजेको उनीहरु सत्ता बदलिँदैछ। जेनजीको नाममा घुसपैठ गरेर मुदा नै बदलेको छ।
हाम्रो वीर शहीदको बलिदान व्यर्थ भए जस्तो लागेको छ।
संसद विघटन र उक्साहटमा परेर जेनजी अल्मलिएको छ।
अब युवाले मात्र होइन सम्पूर्ण नेपालीले साथ दिनुपर्छ।
शहीदको चिता सेलाउन पाएको छैन, आमाले आफ्नो सन्तान अझै राम्रोसँग खेलाउन पाएको छैन। देश बेचुवा दलालहरूले आफ्नो रणनीति सुरु गरेको छन्।र चुनाव मा केन्द्रित भइसकेका छन्।
ती गोली चलाउने ओ.ली., काण्डै काण्डले भरेको प्रचण्ड, र तिनका सार्थी देउवा, तीनटैलाई हामीले अब जिताउनु हुदैन।
ती भ्रष्ट नेताहरूलाई पक्राउ गराउनुपर्छ र तिनै भ्रष्टाचारहरूलाई हामीले न्यायालयमा उभ्याउनुपर्छ।
न्यायले पनि आफ्नो कर्तव्य पूरा गर्दै सम्पूर्ण नेपालीलाई न्याय दिलाउनुपर्छ। Gen-Z पुस्ताले सेतो जुत्तामा लागेको त्यो रातो रगतका लागि न्याय पाउनुपर्छ ।र हामीले हाम्रो देश बचाउनुपर्छ।
अब सुन -सुन नेपाली हो। झोला छोरी सूर्य र चन्द्रको राष्ट्र झन्डा उठाउनुपर्छ। आफ्नो एक मतले राष्ट्रिय जोगाउनुपर्छ। झोला छोडेर राष्ट्रिय झन्डा समाउनुपर्छ। जय मातृभूमि जय नेपाल।
- किशन महरा (कानुनको विद्यार्थी)
क्षिरेश्वरनाथ न.पा- ०७(दुर्गाटोल),धनुषा




