बर्दिबास (महोतरी) — निरन्तर वर्षाका कारण उत्पन्न समस्या र जोखिम न्यूनीकरणका लागि बर्दिबास नगरपालिकाले व्यापक अनुगमन र तत्कालीन व्यवस्थापन कार्य सुरु गरेको छ।
नगर प्रमुख, उप–मेयर, वडा अध्यक्षहरू तथा प्राविधिक विज्ञहरूको टोलीले विभिन्न जोखिमयुक्त क्षेत्रहरूको स्थलगत अनुगमन गरी तत्काल समाधानका उपायहरू अघि सारेको नगरपालिकाले जनाएको छ।
अनुगमनपछि पानीको कटान रोकथामका लागि ३ वटा JCB परिचालन गरिएको र आवश्यक स्थानमा ह्युम पाइप जडान गरी पानी निकासको व्यवस्था मिलाइने तयारी भएको जानकारी नगर प्रमुखले दिनुभयो।
हाल जोखिममा रहेका परिवारहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य सम्पन्न भइसकेको छ भने अस्थायी आश्रयस्थलको पनि व्यवस्था मिलाइएको छ।
नगर प्रमुखले भने —
“हामी बर्दिबासवासी जुनसुकै परिस्थितिमा पनि हतोत्साहित नभई एकजुट भई हातेमालो अभियानबाट हरेक समस्याको समाधान निकाल्नेछौं भन्ने मलाई पूर्ण विश्वास छ।” 🙏
नगरपालिकाले प्राथमिक राहत र दीर्घकालीन पूर्वाधार निर्माणका लागि पनि विज्ञहरू सँगको निरन्तर समन्वय जारी राखेको जनाएको छ।
सम्पर्क व्यक्तिहरू :
नगर प्रमुख – 📞 9844035248
उप–मेयर – 📞 9746483163
नगर प्रवक्ता तथा वडा नं. १४ अध्यक्ष – 📞 9807676936
वडा नं. १ – 9854031199
वडा नं. २ – 9844075535
वडा नं. ३ – 9869881898
वडा नं. ४ – 9864130441
वडा नं. ५ – 9844058711
वडा नं. ६ – 9844451454
वडा नं. ७ – 9844099017
वडा नं. ८ – 9807610533
वडा नं. ९ – 9844857730
वडा नं. १० – 9812090422
वडा नं. ११ – 9851181306
वडा नं. १२ – 9748458266
वडा नं. १३ – 9845587527




