नयाँ, स्वतन्त्र, र वैकल्पिक भनिने राजनीतिक दल, समूह र अभियानकर्मीहरू पुराना दल र नेताहरूले उन्नत लोकतान्त्रिक अभ्यास, उदार तथा सहिष्णु संस्कार, सुशासन र ‘डेलिभरी’ दिन नसकेको गुनासो गरेर कहिल्यै थाक्दैनन् ।
तर, यिनको आन्तरिक राजनीतिक संस्कृति, नेतृत्व स्वार्थ, गुटीय संर्कीणता र व्यवहारिक हविगत भने पुरानाको भन्दा खासै भिन्न छैन । न यी एक आपसमा मिलेर ‘नयाँ केन्द्र’ बनाउन सक्दछन्, न नैतिक संकटबाट मुक्त नै छन् । नयाँ, वैकल्पिक र स्वतन्त्रहरूको ध्रुवीकरण गर्ने र एउटै दल बनाउने अभ्यास असफल हुँदै गएको छ ।
दर्जनौँ नयाँ दल दर्ता हुने र कुनैले पनि बलियो प्रभाव देखाउन नसकेको कारण आगामी चुनावमा पुरानै दल संसद् र सत्तामा फर्किएर आए कुनै अनौठो हुने छैन । जेन जी आन्दोलनले अन्य दल र नेतालाई सुधार्न नसकेजस्तै नयाँ, स्वतन्त्र र वैकल्पिकहरूलाई एकीकृत गर्न सकेको छैन ।
दर्जनौँ नयाँ दल दर्ता हुने र कुनैले पनि बलियो प्रभाव देखाउन नसकेको कारण आगामी चुनावमा पुरानै दल संसद् र सत्तामा फर्किएर आए कुनै अनौठो हुने छैन । जेन जी आन्दोलनले अन्य दल र नेतालाई सुधार्न नसकेजस्तै नयाँ, स्वतन्त्र र वैकल्पिकहरूलाई एकीकृत गर्न सकेको छैन ।
कुनै बेला कम्युनिस्टहरूलाई फुट्नका लागि माहिर भनिन्थ्यो । दर्जनौँ कम्युनिस्ट समूह थिए, यद्यपि छन् । बरु ८ कम्युनिस्ट घटक मिलेर नयाँ दल निर्माण गर्ने घोषणा गरे । कम्युनिस्टहरू फुट्न मात्र होइन, जुट्न पनि सक्दछन भन्ने सन्देश थिए ।
फुट र गुट संर्कीणताको रोग राजावादी र मधेशकेन्द्रित र पहिचानवादी दलमा पनि उस्तै छ । २०४७ सालमा राप्रापा बने यता राजावादी दर्जनौँपटक फुटेका, जुटेका छन् । राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भई नयाँ समूह बनाएका कमल थापा फेरि एकताको कुरा गर्दै छन् ।
अर्कोतिर दुर्गा प्रसाईं राजावादीहरूको ‘नयाँ स्टार’ बनेका छन् । अधिवक्ता वालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी आदिले ससाना राजावादी समूह चलाइरहेका छन ।
मधेशकेन्द्रित पहिचानवादी दलहरूको विभाजन कम्युनिस्टहरूको भन्दा कम छैन । पहिल्यैदेखि यो धारमा दर्जनभन्दा बढी दल छन् । जनस्वराज पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल थपिएका छन् । जसपा, जसपाने, लोसपा, तमलोपा, रामुपा, नेपाल सद्भावना पार्टी, नागरिक उन्मुक्ति, जनमत आदि यो धारका दलहरू हुन् ।
नयाँ, स्वतन्त्र र वैकल्पिक भनिनेहरूको स्थिति पनि योभन्दा धेरै फरक छैन । आपसि एकता छलफल र ध्रुवीकरण प्रयासले अहिलेसम्म सार्थक परिणाम दिन नसकेपछि ती तितरबितर र निरास हुन थालेका छन् ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ‘विवेकशील नेपाली दल’ को नेतृत्व गर्दै उज्ज्वल थापाले यो अभियान सुरु गरेका थिए । पछि विकेशील र साझा पार्टी मिलेर विवेकशील–साझा बन्यो । बारम्बारका फुट, झमेला, झगडा र अन्ततः मूल नेता रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ ले यो धार कमजोर भयो ।
मिश्र केही वर्षको प्रयासपछि वैकल्पिक राजनीति परित्याग गर्दै राजावादी लाइनतिर छिरे ।
‘विवेकशील’ का नाममा अहिले पनि निर्वाचन आयोगमा दुईवटा दल दर्ता छन् । समीक्षा बाँस्कोटा नेतृत्वको विवेकशील–साझा र अर्को सन्तोष घिमिरेको अध्यक्षतामा नेपाल विवेकशील पार्टी ।
‘विवेकशील’ का नाममा अहिले पनि निर्वाचन आयोगमा दुईवटा दल दर्ता छन् । समीक्षा बाँस्कोटा नेतृत्वको विवेकशील–साझा र अर्को सन्तोष घिमिरेको अध्यक्षतामा नेपाल विवेकशील पार्टी ।
२०७३ जेठमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी पार्टी र साम्यवादी विचार परित्याग गरी वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै नयाँ शक्ति पार्टी बनाए तर, पुरानैसँगको सहकार्य, गठबन्धन, एकता र विभाजनले भट्टराईको अभियान थला पर्यो ।
जेन जी आन्दोलनको भावनालाई सम्मान गर्न भन्दै डा. भट्टराईले आफ्नो समूह नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदबाट राजीनामा त गरे, तर, त्यसपछि पनि दलले गति समात्न सकेको छैन । यो समूहको नेतृत्व अहिले दुर्गा सोबले गर्छिन् ।
२०७४ को स्थानीय निर्वाचनमा नयाँ शक्तिले संघीय समाजवादी फोरमको चुनाव चिह्न साझेदारी गरेपछि पार्टीको माहौल बिग्रदै गयो । २०७४ को आम निर्वाचनमा वामपन्थी गठबन्धनमा सामेल भएका डा. भट्टाई टिक्न सकेनन् । अन्ततः नेपाली कांग्रेससँग गठबन्धन गर्दै गोर्खा–२ मा चुनाव जिते ।
रंगशालामा हजारौँको उपस्थितिका घोषित उनको पार्टीले १ लाख भोट पनि कटाएन । अन्ततः संघीय समाजवादी फोरमसँग एकता गर्ने निर्णयमा पुग्यो । तर, त्यो एकता पनि टिकेन । नयाँ शक्तिले २०७९ को आम निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न साझेदारी गर्यो । डा. भट्टराईले गोर्खा–२ माओवादी अध्यक्ष प्रचण्डलाई छोडिदिए ।
नयाँ शक्तिले अझै आफूलाई वैकल्पिक धारकै दल दाबी गर्छ । वैकल्पिक ध्रुवीकरणको प्रयासमा सामेल हुँदै आएको छ । तर, आठ कम्युनिस्ट समूहहरूको पछिल्लो एकतापछि असन्तुष्ट जनार्दन शर्मा, घनश्याम भुसाल आदि सँगसमेत नजिकको संवादमा छ ।
यसरी २०७९ को चुनावको मुखमा रास्वपाको गठन हुनुअघि वैकल्पिक राजनीतिका तीन अभ्यास विवेकशील, विवेकशील साझा र नयाँ शक्ति असफल भइसकेका थिए । मधेशकेन्द्रित दुई नयाँ दल नागरिक उन्मुक्ति र जनमत पार्टीको अनुभव पनि राम्रो रहेन । दुबै दल पुरानै दलहरूको सत्ता गठबन्धनका साझेदारका साथै फुट, विभाजनको शिकार बने । तिनमा पनि पुरानै दलको जस्तो चरित्र देखियो ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशको इतिहासमै सर्वाधिक सफल नयाँ राजनीतिक दल सावित भयो । पार्टी गठनको ६ महिनाको अवधिमै करिब ११ लाख मत र २१ सिट पायो । यो स्तरको चुनावी सफलता कुनै नयाँ दलले कहिल्यै पाएको थिएन।
तर, जेन जी आन्दोलनपछि धेरैलाई यो दल पनि फिक्का लाग्न थालेको छ । भदौ २३–२४ का घटनाक्रममा लामिछाने आन्दोलनका नेताझैँ ‘जेलबाट निस्केर सिधै प्रधानमन्त्री हुने’ हल्ला चलाइएको थियो । तर, जेन जी आन्दोलनकारीले हल्ला गरिएझैँ लामिछानेको नेतृत्व स्वीकार गरेनन् ।
रास्वपालाई सभापति रवि लामछिनेलाई ‘निजी नैतिक प्रश्न’ ले नै खाइदियो । कहिले दोहोरो नागरिकता त कहिले दोहोरो पासपोर्ट, कहिले सहकारी ठगी त कहिले जेलब्रेक, अनि स्वार्थबझान् हुने गरीको पुरानै दलसँगको सत्तासझेदारी र गठबन्धनले पार्टीलाई कमजोर बनायो ।
अधिकांश रास्वपा नेता, कार्यकर्ता आज यो यथार्थलाई स्वीकार गर्ने मनस्थितिमा पुगेका छन् । तर, पार्टीलाई पुनर्ताजगी गर्ने कुनै उपाय निकाल्न सकिरहेका छैनन् ।
रास्वपा जति कमजोर हुँदै गयो, नयाँ र वैकल्पिक नेतृत्व खोज्नेहरूको रुझान् काठमाडौंका मेयर बालेन्द्र शाहप्रति बढ्दै गयो । जेन जी आन्दोलनसम्म आई पुग्दा बालेन थप विवादमा पर्दै र संदिग्ध बन्दै गएका छन् । धेरैको अपेक्षा थियो कि उनले नयाँ पार्टी खोल्ने छन् ।
रास्वपाले त उनलाई पार्टीको सभापति नै अफर गर्यो । तर, उनले त्यो जिम्मेवारी र थप जोखिम उठाउन चाहेनन् । बालेनलाई एकातिर चुनावपछि पुरानै दल सत्तामा फर्केलान् र आफूमाथि प्रतिशोध साँध्लान् भन्ने डर पनि छ, अर्कोतिर उनी नयाँ दल नखोल्ने निर्णयमा पुगेका छन् ।
कुनै नयाँ र भरपर्दो दल अस्तित्वमा आए समर्थन गर्ने बालेनको रणनीति छ । त्यसको विकल्प कुलमान घिसिङ नेतृत्वको नयाँ दल बन्ने हो कि भन्ने आशा थियो । तर, कुलमानका आफ्नै नैतिक संकट र व्यवहारिक समस्या देखिएका छन्।
कुनै नयाँ र भरपर्दो दल अस्तित्वमा आए समर्थन गर्ने बालेनको रणनीति छ । त्यसको विकल्प कुलमान घिसिङ नेतृत्वको नयाँ दल बन्ने हो कि भन्ने आशा थियो । तर, कुलमानका आफ्नै नैतिक संकट र व्यवहारिक समस्या देखिएका छन्।
गैरदलीय अन्तरिम सरकारको मन्त्री भएको कारण उनी आफ्नै अध्यक्षतामा नयाँ दल दर्ताको निवेदन दिन ढिलो गरिरहेका छन् । शुक्रबार बालुवाटारमा बोलाइएको सम्पादक भेलामा अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले ‘को-को मन्त्री चुनाव लड्दै हुनुहुन्छ ?’ भनेर सोध्दा अरुले अस्वीकार गरे, घिसिङ भने बोलेनन् ।
घिसिङको उज्यालो नेपाल पार्टी केही दिनभित्र दर्ता हुने क्रममा छ । तर, सोमबार उनले सामाजिक सञ्जालमा तत्काल मन्त्री पद नछोड्ने प्रस्ट गर्दै लेखेका छन्– ‘मैले पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारप्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ । पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रस्ट पार्न चाहन्छु । जेन जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै म निरन्तर रुपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’
मन्त्री घिसिङको यस्तो निर्णयले उनलाई थप अप्ठ्यारोमा पार्नेछ । गैरदलीय अन्तरिम सरकारको मन्त्री रहेर पार्टी दर्ता गर्दा अरु दलले उनको विरोध गर्ने छन् । पार्टीको नेता हुने हो भने उनले सरकारबाट राजीनामा दिनुपर्ने माग जनस्तरबाट समेत बढ्न सक्नेछ ।
कुलमान घिसिङको प्रस्ट राजनीतिक कदमको अभाव र बढ्दो नैतिक संकटपछि उनलाई साथ दिन तयार भएका समूह हच्केका छन । एमाले नेता महेश बस्नेतले घिसिङमाथि आधा दर्जन बढी संभावित भ्रष्टाचार काण्ड छानबिनको माग गर्दै सार्बजनिक आरोप लगाएका छन । बिषम परिस्थितिमा ठूला उद्योगहरूको विजुली लाइन काटेको सन्दर्भमा निजी क्षेत्रबाट उनको आलोचना भइरहेको छ ।
घिसिङको अस्पष्टता र समन्वय अभावपछि रास्वपा परित्याग गरेकी नेतृ सुमना श्रेष्ठ समूह बिकल्पहीनजस्तो भएको छ । मेयर वालेन्द्र शाह र जेनजी नेता सुदन गुरुङ पनि बिकल्पहीन भएका छन । सुदन कै नाममा नयाँ पार्टी दर्ता गर्न अन्य समूहले सहमति दिइहरेका छैनन् । घिसिङलाई समर्थन गरेर उनले नेतृत्व गर्ने दलमा समाहित हुन चाहनेहरू अलपत्र परेका छन । बालेन्द्र शाह र सुदन गुरुङले समर्थन गर्न योग्य दल पाइरहेका छैनन् ।
धराने मेयर हर्क साम्पाङले भिन्नै श्रम संस्कृति पार्टी बनाई सके । अन्तरिम सरकारको गृहमन्त्री बन्न सहयोग नगरेकामा उनी बालेन्द्र शाह र सुदन गुरुङसंग रुष्ट छन । पार्टी दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि उनी पूर्वी नेपालतिरै पार्टी विस्तारको अभियान चलाई रहेका छन । वैकल्पिक ध्रुवको एकिकरण प्रक्रियामा उनी सामेल नभएको मात्र होइन, रुचि समेत राखेका छैनन् ।
विगतको खराब अनुभवले थलिएका नयाँ शक्ति पार्टी र विवेकशील–साझाजस्ता समूह कुनै नयाँ निष्कर्ष र रणनीतिमा पुग्न सकेका छैनन् । रवि लामिछानेका नैतिक संकट र ‘ब्यागेज’ को भार बोकेर यी रास्वपामा समाहित हुन सक्दैनन् ।
तर, रास्वपा भने नयाँ र वैकल्पिक धारका सबै दल र समूह रास्वपामै एकिकृत भई दिए हुन्थ्यो भन्ने धारणा राख्दछ । नयाँनयाँ दल खुल्दै जाँदा र वैकल्पिक धारमा धेरै दल हुँदा जनमत विभाजित भई पुराना दलहरूसंग प्रतिस्पर्धा गर्न गाह्रो पर्ने अवस्थामा पुगिने भय रास्वपालाई छ । रास्वपाको आग्रहलाई कसैले गम्भीरतापूर्वक लिएका छैनन् ।
रास्वपाले पुकार बमको नेतृत्वमा बनाएको वार्ता समितिले परिणाम निकाल्न सकेन । अहिले उपसभापति डा. स्वर्णिम वाग्ले ‘बृहत्त राजनीतिक संवाद’ को क्रममा छन । यसले पनि परिणाम दिने संभावना कम हुँदै गएको छ ।
रास्वपाले पुकार बमको नेतृत्वमा बनाएको वार्ता समितिले परिणाम निकाल्न सकेन । अहिले उपसभापति डा. स्वर्णिम वाग्ले ‘बृहत्त राजनीतिक संवाद’ को क्रममा छन । यसले पनि परिणाम दिने संभावना कम हुँदै गएको छ ।
जेन जी आन्दोलनका केही नवयुवा नेताहरूले नयाँ पार्टी बनाउने घोषणा गरेका छन । तिनले के कस्ता र कति पार्टी बनाउने हुन प्रस्ट भइसकेको छैन । जेन जी पुस्ताले बनाउने पार्टीमा अन्य पुस्ताको आकर्षण के कति हुने हो वा होइन, यसै भन्न सकिने अवस्था छैन ।
यो विश्लेषण तयार गर्दासम्म नयाँ, स्वतन्त्र र वैकल्पिकहरूको साझा मोर्चा वा एउटै पार्टी बनाउने प्रयास असफल भएको छ ।




