मधेश प्रदेशमा रिक्त भएको सभामुख पदका लागि सात दलीय गठबन्धनले बिहीबार छलफल गर्ने बताइएको छ ।
सभामुख नेपाली कांग्रेस अथवा जनता समाजवादी पार्टी(जसपा) नेपाल मध्ये एउटाको भागमा पर्ने सम्भावना बलियो छ । तर कुन दलले सभामुख लिने त्यस विषयमा बिहीबार गठबन्धनमा रहेका दलहरुबीच छलफल हुने बताइएको छ ।
मधेश प्रदेशमा जितेन्द्रप्रसाद सोनललाई मुख्यमन्त्री बनाउन सफल भएको ६ दलीय गठबन्धनले विश्वासको मतमा असफल भएपछि कांग्रेसको साथ लिएको हो । गठबन्धनमा कांग्रेस ठूलो दल रहेकाले मुख्यमन्त्रीमा दाबी गरेको छ । कांग्रेसले मुख्यमन्त्री लिन चाहेकाले सभामुख जसपा नेपालको भागमा पर्न सक्ने सम्भावना छ ।
तर नेताहरुले यस सम्बन्धमा खुल्न चाहेका छैनन् । लोसपाका उपनेता उपेन्द्र महतोले छलफलपछि यस विषयमा मात्र निर्णय हुने बताए ।




