जनकपुरधाम । धनुषामा मिथिला नगरपालिकामा आज विहान भएको सडक दुर्घटनामा परी श्रीमतिको मृत्यु भएकाे छ भने श्रीमान गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर ले जनाए अनुसार ढल्केवर जनकपुर राजमार्गको मिथिला नगरपालिका २ हजराचाेक नक्टाझिज सडक खण्डमा साइकलमा सबार श्रीमान श्रीमतीलाई जनकपुरबाट ढल्केवर तर्फ गइरहेको तिब्र गतिको कारले ठक्कर दिएको थियो ।
तीव्र गतिकाे बा.प्र. ०१- ०३१ च. २०३६ नम्बरको कारको ठक्करले मिथिला नगरपालिका १ लक्ष्मी निवासका ५० वर्षीय राजकुमार महताे गम्भीर घाइते भएका छन् भने उनकी पत्नी ४६ वर्षीय सुमिन्त्रा देवीकाे घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
साइकलमा सवार दम्पत्तिलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । घटनापछि स्थानीयवासी तथा प्रहरी टोलीले घाइते राजकुमार महतोलाई तत्कालै उद्धार गरी उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालतर्फ पठाइएको छ । ठक्कर दिने कारका चालक सर्लाहीको लालबन्दी नगरपालिका ६ बस्ने १८ वर्षीय दिवस कार्की र कार लाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




