शर्मिला घिमिरे
ज्याला कै भरमा जीवन गुजारा गरेकी अन्जली विश्वकर्मालाई पाखुरी जस्तो ठूलो सम्पत्ति केही होइन जस्तो लाग्छ ।।धनुषाको मिथिला नगरपालिका वडा न ९ मा स्कुलको सार्वजनिक जग्गा भाडामा लिएर घर बनाई बसेकी उनले दुई छोरी र एक छोरा त्यही हुर्काएकी हुन्।
महोत्तरीको किसाननगरमा घर बनाउने ठेकेदारसँग काम गर्दै गरेकी उनी भन्छिन् "श्रीमान पहिलादेखि नै डिप्रेसनको बिरामी हुनुहुन्थ्यो। अहिले त झनै काम गर्नै सक्नुहुन्न। नियमित औषधि खानुपर्छ।काममा सुरुदेखि नै श्रीमानको ठूलो भरोसा भएन। जेठी छोरी अन्जली अहिले २१ वर्षकी भइन्। उसले १० सम्म पढी । कान्छी छोरी १८ वर्षकी भइन् ।उसले पनि १०सम्म पढी । छोरा आनन्द ४ कक्षामा पढ्दै छ ।यतिका वर्षसम्म पढाउँदा निकै खर्च लाग्यो। पढाएर मात्रै भएन खुवाउनु पर्यो । लगाउन दिनु पर्यो यो सबै पाखुरीले नै गरेको हो। यदि मेरो बुढाको स्वास्थ्य ठिक थियो भने पाखुरा दह्रो हुन्थ्यो। दुःख पनि हुँदैनथ्यो। १५० ज्याला बढ्दा छोरीलाई लुगा किनिदिएकी थिएँ। सन्चो भएको दिन उहाँले २०० देखि ३०० कमाउनुहुन्थ्यो। काम त पहिलेको भन्दा अहिले नै पाइन्छ। पहिला खेतीको काम धेरै पाइन्थ्यो। अहिले बाहिरको पनि काम पाइन्छ। खेत बारीको काम गर्दा ५०० देखि ६०० ज्याला आउने गर्छ । ज्यामीको काम गर्दा ७०० देखि ८०० आउने गर्छ। केटा मान्छेले ज्यामी कामबाट १३०० सम्म लिन्छन्।उनीहरूको काम कि त भारी को हुन्छ कि त सिपको हुन्छ । उनीहरूले गरे जस्तो काम गर्न हामीलाई गाह्रै पर्छ। बराबरी ज्याला पाए हुन्थ्यो जस्तो त लाग्छ तर काम हेरेर चित्त बुझ्छ।

धनुषा घर भएकी जीपसी देवी महरालाई काम पाइँदैन कि भन्ने चिन्ता छ। गाउँघरमा काम पाउँदा रमाइलो लाग्ने जिप्सी भन्छिन् "हामी काम गर्न कहाँ कहाँ पुग्दैनौ । गाउँघरको काम सजिलो पनि हुन्छ। गाउँमा माया पनि पाइन्छ। एक छाक चामल सकिए गाउँमा नै आएर भन्नुपर्छ ।सजिलो अप्ठ्यारो जे परे पनि गाउँलेलाई सुनाउनुपर्छ।उनीहरूले नहेर्ने हो भने हामीलाई जहिले पनि अप्ठ्यारो हुन्छ।। यही गुन सम्झिएर काम पनि सगाउनुपर्छ।पहिला पहिला पहिला एक दिनको १०० रुपैयाँ कमाउँदा हामी ज्यादै रमाउँथ्यो। केटा मान्छे र केटी मान्छेको काममा र पैसामा पहिलादेखि नै फरक थियो। म हलुका खाले काम गर्थे ।केटा मान्छे बलको काम गर्थे। केटा मान्छेले १०० देखि २०० कमाउदा केटी मान्छेले त्यही ५० देखि १oo सम्म कमाउथे ।अहिले केटी मान्छेले गाउँघरमा काम गर्दा धेरै जसो ५०० देखि ६०० कमाएका हुन्छ। ज्यामी काम गर्दा अलि बढी ज्याला हुन्छ। अहिले केटा मान्छेहरुले घर गाउँको काम गर्दा धेरै जसो ठाउँमा ५०० देखि ८oo सम्म लिन्छन । सजिलो काम थोरै पैसा अप्ठ्यारो काम बढी पैसा यो चलन त पहिलादेखि नै चलेकै हो।
ग्रामीण भेगमा अझै पनि ऐँचोपैँचो ,पर्म जस्ता प्रचलनहरू कायमै छन्। अन्न दिएर काम लगाउने प्रचलन पनि कायमै छ । यस्ता किसिमको चलनसँगै आएको निकटताका कारण समाजमा आफू विवादित बन्न चाहदैनन । महोत्तरीकी सीता मगर भन्छिन् "सबै तिरबाट महिला र पुरुषको एउटै रेट चलेर आए हामीले पनि पाइहाल्छौँ। एकै गाउँमा बसेर एकै रेट चाहियो । धान रोपेको यति ,गोडेको यति , ज्यालाको रेट पढाउनु पर्यो कसरी भन्ने ? केटा मान्छेको जस्तो हामीलाई काममा जोतिएर गर्न पनि गाह्रो हुन्छ । आफूले काम देखाउन नसक्ने अनि सरकारले समान ज्यालादर कायम गरेको छ कसरी भन्ने ?"
"हालसम्म गृह श्रमिक महिलाहरूको एकिन तथ्याङ्क पाइँदैन।महिला समूह, महिला बचत समूह, किसान समूह,जस्ता विभिन्न समूह मार्फत गृह श्रमिक महिलाको अड्कल गर्न सकिने अवस्थासम्म आएको छ "सामाजिक अभियन्ता पदम बलम्पाखी बताउँछन् ।
श्रम मन्त्रालय मधेस प्रदेशको प्राप्त जानकारी अनुसार २०८१ साउन १ देखि श्रमिकको न्यूनतम मासिक तलब १९,५५० रुपैयाँ निर्धारण गरेको छ। जसमा आधारभूत पारिश्रमिक र महङ्गी भत्ता पनि समावेश गरेको छ। दैनिक ज्यालादारी श्रमिकका लागि ७७४ रुपैयाँ तोकेको छ। घण्टा तोकेर काम गर्ने श्रमिकका लागि १०७ रुपैयाँ प्रति घण्टा तोकेको छ। जसमा उचित कामको वातावरण ,सामाजिक सुरक्षा जस्ता कुराहरू पनि समावेश भएका छन् ।
नेपालको संविधानको धारा ३३ र ३४ ले श्रम र समानताको बारेमा व्याख्या गरेको छ । जसमा सुरक्षित कामको वातावरण ,सामान ज्याला ,सामाजिक सुरक्षा जस्ता श्रमिक हितका विषयहरू
उल्लेख गरेको पाइन्छ ।
"कानुनले समान कामको समान ज्याला भनेर छुट्याएको छ l सुनेकी छु तर कानुन र व्यवहार एउटै हुँदैन। खेती किसानी गर्ने किसानले सरकारले तोकेको जति ज्याला दिन सक्दैन । पहिलाको जस्तो उब्जनी पनि अहिले छैन। अहिलेका किसानले उब्जनी निकाल्न धेरै खर्च गर्नु पर्छ । निर्माणका काममा धेरै जसो ठाउँमा ज्याला राम्रै दिन्छन् ।"विश्वकर्माले बताइन्।
" आजभन्दा करिब १५ वर्ष अगाडिदेखि नै विभिन्न कार्यक्रमहरू मार्फत मजदुरहरुको पारिश्रमिकमा एकरुपता हुनुपर्छ .भनेर आवाज उठाइरहदा आजसम्म आइपुग्दा पनि ज्यालादरमा विभिन्न कारणहरू देखाउँदै एकरुपता कायम हुन सकेको छैन ।धेरै किसिमका व्यावहारिक पक्षहरूले यसमा सम्झौता र अवरोध गरेका हुन्छन् ।समाजभित्र रहेका यस्ता स्वीकारिएका सम्झौतालाई तोडेर ज्यालादरमा एकरूपता ल्याउन अझै पनि समय लाग्छ।" महिला अधिकार कर्मी रीता भट्टराई बताउँछिन ।
" श्रम र ज्याला मा समाजभित्र हरेक व्यक्तिको आफ्नो किसिमको योगदान रहेको हुन्छ। सबैले यसको मूल्याङ्कन गरिरहेका हुन्छ। मनभित्र कति कुरा चित्त नबुझे पनि बाहिर देखाउन सक्दैनन्।परिवर्तन चाहेका हुन्छन् आवाज उठाउन सक्दैनन् । महिलाहरु आफैमा पनि पुरुष जति नै काम गर्न सक्छु भन्ने आत्मा विश्वास कम हुन्छ त्यसैले श्रममा ज्यालाको समानतामा विषयमा कम आवाज उठ्ने गर्दैछ ।" मनोविद् पद्मप्रसाद यिमिरेले भने ।
बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री आफ्नो प्रयास सधै सकारात्मक काममा रहेको बताउँदै उनी भन्छन " श्रम र ज्याला दरको विषयमा हाम्रो नगरपालिकामा कसैले पनि केही उजुरी गरेका छैनन् । समाज भित्रका कतिपय कुराहरु आफै मिलेर बसेका हुन्छन् । जुन बाहिर निस्किएका हुदैनन् । "
ज्याला कै भरमा जीवन गुजारा गरेकी अन्जली विश्वकर्मालाई पाखुरी जस्तो ठूलो सम्पत्ति केही होइन जस्तो लाग्छ ।।धनुषाको मिथिला नगरपालिका वडा न ९ मा स्कुलको सार्वजनिक जग्गा भाडामा लिएर घर बनाई बसेकी उनले दुई छोरी र एक छोरा त्यही हुर्काएकी हुन्। महोत्तरीको किसाननगरमा घर बनाउने ठेकेदारसँग काम गर्दै गरेकी उनी भन्छिन् "श्रीमान पहिलादेखि नै डिप्रेसनको बिरामी हुनुहुन्थ्यो। अहिले त झनै काम गर्नै सक्नुहुन्न। नियमित औषधि खानुपर्छ।काममा सुरुदेखि नै श्रीमानको ठूलो भरोसा भएन। जेठी छोरी अन्जली अहिले २१ वर्षकी भइन्। उसले १० सम्म पढी । कान्छी छोरी १८ वर्षकी भइन् ।उसले पनि १०सम्म पढी । छोरा आनन्द ४ कक्षामा पढ्दै छ ।यतिका वर्षसम्म पढाउँदा निकै खर्च लाग्यो। पढाएर मात्रै भएन खुवाउनु पर्यो । लगाउन दिनु पर्यो यो सबै पाखुरीले नै गरेको हो। यदि मेरो बुढाको स्वास्थ्य ठिक थियो भने पाखुरा दह्रो हुन्थ्यो। दुःख पनि हुँदैनथ्यो। १५० ज्याला बढ्दा छोरीलाई लुगा किनिदिएकी थिएँ। सन्चो भएको दिन उहाँले २०० देखि ३०० कमाउनुहुन्थ्यो। काम त पहिलेको भन्दा अहिले नै पाइन्छ। पहिला खेतीको काम धेरै पाइन्थ्यो। अहिले बाहिरको पनि काम पाइन्छ। खेत बारीको काम गर्दा ५०० देखि ६०० ज्याला आउने गर्छ । ज्यामीको काम गर्दा ७०० देखि ८०० आउने गर्छ। केटा मान्छेले ज्यामी कामबाट १३०० सम्म लिन्छन् । उनीहरूको काम कि त भारी को हुन्छ कि त सिपको हुन्छ । उनीहरूले गरे जस्तो काम गर्न हामीलाई गाह्रै पर्छ। बराबरी ज्याला पाए हुन्थ्यो जस्तो त लाग्छ तर काम हेरेर चित्त बुझ्छ।