सबैभन्दा पहिले बर्दिवास सानासाना झुपडीले छाएको वस्ती सर्प र बिच्छीको बिगबिगी । यस्तो अवस्थामा बस्ती बसाउनै गार्हो । तरपनि याँहा उदयपुर, रामेछाप ,दोलखाकै मान्छेहरूको आगमनले बर्दिवास प्रहरीचौकी बस्न वाध्य भयो । २०३९ साल बर्दिवासका समाजसेवी भानुभक्त पोख्रेल को हाल भावना पेट्रोल पम्प रहेको स्थानमा बर्दिवासमा पहिलोपटक प्रहरीचौकी स्थापना भयको मेरो आँखाले देखेको हुनाले इतिहासको कुरा वर्तमानका पुस्ता लाई स्मरण गराउन चाहन्छु।
मैले देखेको बर्दिवासमा पहिलो पटक प्रहरीचौकि। एकजना कुल बहादुर भन्ने हवल्दारको नेतृत्वमा ४ जना सिपाही थिए । पुलिसले आफ्नु सुरक्षाको लागि कालो लौरो वेदको भन्थे त्यही लिएर हिँड्थे भने कुखुरा चोर ,भैंसिचोर जाड रक्सी खाने पिटापिट गर्नेको लागि एउटा ठिग्रो भनिन्थ्यो।त्यही ठिग्रोमा खुट्टा राख्न लगाएर दुबै पट्टि काठले थिचेर सामान्य अपराधी लाई राख्ने गरिन्थ्यो। अलि ठुला जघन्य अपराध भयोको खण्डमा गौशला प्रहरी कार्यालय धाउनु पर्थ्यो ।मुध्दा मामलो गौशला प्रहरीले नै हेर्ने गर्थ्यो। अनि त्यहीबाट उस्ले जिल्ला प्रहरी कार्यालय पठाउँथ्यो। करिव करिव तिन वर्ष हाल भावना पेट्रोलपम्प भयको ठाँउमा प्रहरी चौकी भाडामा बस्यो ।
यसरी प्रहरीचौकी भाडामा बस्न साध्य नहुने भएपछि तत्कालिन हाम्रा समाजसेवी वुध्दिजिवि हरूकै साथ र सहयोगमा हाल इलाका प्रहरी कार्यालय रहेको स्थानमा प्रहरीलाई जग्गा दिने निर्णय गरियो । तर वाधक भय खानेपानी अफिस र सडक विभाग। हाल जाँहा खानेपानी अफिस छ। त्याहा सडक विभाग ले आफ्नु अफिस राख्छु भन्यौ। उता जाँहा प्रहरी चौकी बस्नलाई जनताले सुझाएका थिए । त्याँहा खानेपानीले मेरो जग्गा भनेपछि।
तत्कालिन बर्दिवास सिन्धुली सडक आयोजनाका डिई नाम मैले विर्से ,खानेपानी र सडकको झगडाले सडकले हाल इलाका प्रहरी कार्यालय भयको ठाँउमा सडककै लगानीमा हाल भयको इलाका प्रहरी कार्यालय स्थापना गराई दिए ।जस्को उद्घाटन २०४२ सालमा तत्कालिन आईजिपी डिवि लामाले गरे। यतिखेर त्यो एउटा वरिपरि जङ्गल भयको डांडो थियो भने। दक्षिणपट्टि सुख्खा पाखो थियो। त्याँहा प्रहरीचौकी स्थापना भएपछि म लगायत मेरा सहकर्मी साथिहरूले त्याँहा जुन ढुङ्गा पल्टायो त्यही विच्छि भेटिन्थ्यो तेसको प्रवाहा नगरि हाल भुतुपुर्व प्रहरी संंगठनको भवन नजिक बृक्षारोपण गर्ने साथिहरूलाई याद होला। हामी विध्यालयबाट भागेर त्याँहा वृक्षारोपण गरेका थियौ ।
किनकि सडकले काम गर्दा डोजर हेर्नकै लागि हामी भागेर आउथिउ।जिवनमा मेसिनले काम गरेको देखेकै पहिलो पटक हो भने,हेलिकप्टर पनि यहि सडक विभागले पहिलो पटक नेवार डाडामा झार्दा देखेको हो। अब सन्दर्भ आउँछ किनमैले प्रहरी चौकिको बारेमा वोल्नु पर्यो लेख्नु पर्यो भनेर। हामिले जहिले पनि ईतिहास विर्सिउ भने बर्तमानलाई न्याय दिन सक्दैनौ।हरेक कालखण्डमा भय गरेका कुराहरू वाट नयां पुस्ताले ईतिहास ग्रहण गरून् भनेर वर्तमान पुस्तालाई ईतिहास माथि कसैले छेडखानि नगरोस भनेर मेरो स्मरण शक्ति ताजै रहेको बखत जानकारि दिने जमर्को गरेका हुन।
जब हालको भावना पेट्रोल पंम्पवाट डांडामा प्रहरी चौकी सहर्यो ।असहि सई,ईन्सेपटर हुँदै अहिले इलाका प्रहरी कार्यालय डि.यश.पि.को नेतृत्वमा रहेको सर्वविदितै छ। प्रहरीलाई दियको जग्गा प्रहरिकै हो त्याँहा कुुनै माईकालाल ले रातु उकाश जमिन जस्तो मनपरि वितरण गर्ने आंट कसैको थियन।समस्या के थियो भने वड्दो बर्दिवासको जनघनत्व अनि सामाजिक सुरक्षाको चुनौतिलाई मध्यनजर गर्दै आफ्नु पुलिसले आफ्नु भवन वनाउने,तालिम गोष्ठि योग्य वनाउन पुलिसको नाममा जग्गा त थियो तर उ संग लालपुर्जा थियन। हाल यश इलाका प्रहरी कार्यालयका प्रमुख छन उनी भन्दा अगाडि आउने डि यश पि हरूले पहल नगरेका भने हैनन।प्रक्रिया अगाडि वढेकै थियो।गोलचाहि विकाश बंमको पालामा लाग्यो।यस्को लागि उनी बर्दिवासवासिको तर्फवाट धन्यवाद का पात्र हुन।
तर ईतिहांसलाई बिर्सेर पुलिसको आडमा पुलिसलाई मैले लालपुर्जा दिय।मैहो बर्दिवासको जन्मदाता भनेर जसरि पुलिस संग फोटो चिप्क्यार अहिलेका पुस्तालाई भ्रम छरिदैछ।यस्ता नटवरलाल हरू देखि सावधान गराउन पनि युवा पुस्तालाई इतिहासको जानकारि राख्न धेरै अग्रजहरूको राय सल्लाहा लिएर यथार्थ खोजेर यो सन्देस प्रवाहा गर्दैछु। यदि तिमिहरूको वुताले जग्गा प्राप्ति हुनेभय बर्दिवासमा प्रस्तावित मेडिकल कलेजको जग्गा नपायर वजेटमात्र खर्च भयको छ।त्यो जग्गा मेडिकल कलेजलाई दुई महिना भित्र दिलाईदेउ।तिमिलाई हाथिमा चढायर मै घुमाउछु।
गौरिवासमा कैयौ बर्षदेखि आफुले फांडेर वसेको जग्गापनि लालपुर्जा नपायर वसेका छन तिनिहरूलाई लालपुर्जा दिलाईदेउ हाथिमै वसायर नवराज राजालाई झै हाथिवाट पुष्प गुच्छाले स्वागत गर्ने छु। अब पुलिसको जग्गा पुलिसले पाउँद याहाका अग्रजहरूको ईतिहास के थियो?कस्को योगदान थियो? बिचारै नगरि एउटा पत्रकारले लेखिदिदैमा तिमिनै हो बर्दिवासको निर्माता ? याँहा बर्दिवासलाई जोगाउन पानिमा लडाई भयको छ।
झिंझाका डाका र पहलमान हरू लाई खोजिखोजि याहाको जनतालाई सेवादिन यहिका हाम्रा अग्रजहरूले खेलेको भुमिका अहिलेपनि ज्येष्ठ नागरिक हरू हामिलाई सुनाउदैछन। तसर्थ काम गर यस्को विरोध हुदैन।जब बाउको किर्ति बिर्सर बाघ मार्ने एउटा जुङ्गा मुठार्ने अर्को भनेर नक्कलि विज्ञापन गर्छौ भने।तेस्तालाई यक पटक ईतिहास बुझेर बर्तमान मा रमाउन अनुरोध गर्दछु।




