सुजाता राई
विराटनगर । स्वर संगम संगीतालय–विराटनगरद्वारा आयोजित मासिक गायन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। संगीतप्रेमीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा शास्त्रीय, भक्ति तथा आधुनिक गीत प्रस्तुत गरेका हुन्न।
कार्यक्रमको अध्यक्षता संगीतालयका अध्यक्ष कुशेश्वर राईको अध्यक्षयतामा प्रमुख अतिथिका रूपमा अनुराधा सिंह थापाको अतिथ्यतामा विशिष्ट अतिथिहरूमा शिवनारायण सिंगल, भगवान झा, विदुर सुवेदी, मनोज मिश्र, शुभलक्ष्मी लम्साल र भूषण ढुंगेल रहेका थिए।

कार्यक्रममा संगीता कर्ण, ताराकृष्ण श्रेष्ठ, सुनिता अग्रवाल, ओजस्वी गुरागाई, रोजी झा, माही अटल, पिर्ती झा, आरजू बोहरा, राजेश्वर मिश्र तथा भगवान झाले आकर्षक गायन प्रस्तुत गर्नुभयो। सहभागी कलाकारहरूको प्रस्तुतीले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।
अन्य उपस्थितिहरूमा भवानी पोखरेल, श्याम वास्कोटा लगायत विद्यार्थी, अभिभावक तथा संगीतप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन महिमा शर्माले सम्हालिन भने अध्यक्ष राईले स्वागत मन्तव्य दिँदै संगीतको माध्यमबाट समाजलाई सकारात्मक सन्देश दिन यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए ।




