सुजाता राई
काठमाडौं। नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’ को द्धितिय संस्करण सार्वजनिक भएको छ ।



राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम,श्रीओम श्रेष्ठ रोदन,प्रमोद प्रधान,डा.सृजना शर्मा,छविरमण सिलवाल,लेखनाथ हुमागाईं,केशव पराजुली र नियात्राकारले उक्त कृति सार्वजनिक गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गौतमले सापकोटाको नियात्रा सरल र पाठकलाई डोर्याएर लाने सामाथ्र्य भएको बताए ।
कृतिमाथि परिचर्र्चा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले सापकोटाको नियात्रा द्धन्दकालीन समयको चित्र व्यक्त गर्दै
उनले भने निजात्मक अनुभूति र जानकारीमूलक नियात्रा लेखनीमा लागेका सापकोटाको कृतिले स साना दृश्यलाई अनुभूतिमय ढंगले लेखिएको छ ।
लेखकका गुरु लेखनाथ हुमागाईंले आफ्नो शिष्यको साहित्य सिर्जनाले खुशी भएको भन्दै उनको विद्यालय जीवनको समेत जानकारी दिए ।

अर्का चर्चाकार डा.सृजना शर्माले कृतिले विभिन्न यात्राका क्रममा भोगेका दुःख र पीडा,राष्ट्रियता र छिमेकीका हेपाहा प्रवृत्तिको वारेमा चर्चा गरिएको बताइन । कृतिले पाठकलाई संगै घुमाउने उनको भनाई थियो । यात्राको लयले पूर्वदेखि सुदुर पश्चिमसम्मका विभिन्न स्थानहरुसम्म पाठकलाई लैजान्छ ।स्थानीयता,अनुभूति र
श्रीओमले स्रष्टा नियात्रा मात्र नभएर निजात्मक निबन्ध लेखनीमा समेत क्रियाशिल स्रष्टा भएको मन्तव्य व्यक्त गरे।
भुँडीपुराण प्रकाशनका केशव पराजुली,साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,नियात्राकार पवन आलोक,साहित्यकार किशोर पहाडीले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रमको सभापतित्व श्रीओम श्रेष्ठ रोदनले गरे ।
नियात्राकार सापकोटाले आफु लेख्न रहर गर्ने व्यक्ति भएपनि असल पाठक भएको बताए ।
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रमको सहजिकरण प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल तथा स्वागत कोषाध्यक्ष तारा केसीले गरिन् ।





