नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. १ ले आयोजना गरेको पुनर्मिलन कार्यक्रममा सयौँ नेता तथा कार्यकर्ताहरू पार्टीमा प्रवेश गरेका छन्।
बर्दिवास–४ का पूर्व वडा अध्यक्ष दीपबहादुर कार्कीसहित सयौँ व्यक्तिहरू पार्टी प्रवेश गरेको नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नं. १ ले जनाएको छ।



पार्टी पुनर्मिलन तथा आधारशिलाको २४औँ वार्षिकत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई स्वागत गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा साधुराम चौलागाईं, निरनाथ गेलान, रामजन्म यादव, इन्द्रलाल यादव, ओपेन्द्र यादव, मुखन महतो, रामदेव महतो, भारत परियार, गोपाल परियार, झलक परियार, ललिता महतो, रविता साह, ललिता देवी साह, प्रमिला देवी साह, मिथिलाबिहारी महतो, सत्यनारायण ठाकुर, घुरन चौधरी, सागरप्रसाद सिंह, सुवास सिंह, गोपाल सिंह, अजित सिंह, अनिल राउत, नथुनी महतो, करण चौधरी, विजय जैसवाल, करण महतो र प्रदीप जैसवाल रहेका छन्।
त्यसैगरी श्यामसुन्दर महतो, ममता देवी महतो, रामचन्द्र महतो, रीता देवी महतो, आरती देवी महतो, सोना देवी महतो, सरोजकुमार महतो, शोभा देवी महतो, फुलो देवी महतो, राजेन्द्र राम, बेचनी देवी राम, रामदुलार महतो, जिवछी देवी यादव, रामु पासवान, रुन्ची पासवान, उत्रिम पासवान, प्रेमलाल सदा, मंगेली देवी सदा, सुनैता देवी सदा, नीलम कुमारी सदा र रामकुमारी सदा रहेका निर्वाचन परिचालन समितिका संयोजक राजु खडकाले जानकारी दिए।
त्यस्तै लक्ष्मी महतो, रामचन्द्र महतो, चन्देश्वर महतो, बच्चेलाल महतो, भोला महतो, आनन्द सिंह, बालाकुमार, रामबाबुलगायत पनि पार्टी प्रवेश गरेका छन्।
यस किसिमको प्रवेश र बढ्दो जनलहरका कारण आगामी निर्वाचनमा अत्यधिक मतान्तरले विजयी हुने सुनिश्चित भएको संयोजक खडकाले दाबी गरे। प्रारम्भिक चरणदेखि नै महोत्तरी क्षेत्र नं. १ का उम्मेदवार गिरिराजमणि पोखरेल र तारा छापप्रति जनविश्वास बढ्दै गएको उल्लेख गर्दै उनले फराकिलो मतान्तरसहित विजयी बनाउने संकल्प जनताले गरिसकेको बताए।
विगतका काम, बौद्धिकता, निस्वार्थता र विकासप्रेमी बेदाग चरित्रकै कारण पोखरेलप्रतिको जनविश्वास र सहानुभूति तीव्र रूपमा बढेको जिकिर गर्दै नेताहरूले महोत्तरी क्षेत्र नं. १ को जित सुनिश्चित भएको बताएका छन्। साथै, केही शक्तिहरूले नयाँ नाममा भ्रम सिर्जना गर्न खोजिरहेकोप्रति सचेत रहन समेत आग्रह गरेका छन्।




