धनुषाको निर्वाचन क्षेत्र नं ४ मा जारी मतगणनामा सुरुवात देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिएको अग्रता निरन्तरत कायम राखेको छ।
महेन्द्ननगर स्थित निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको पछिल्लो मतगणना अनुसार रास्वपाका राज किशोर महतोले १६ हजार ३५१ मत प्राप्त गरी अग्रता लिनु भएको छ ।
त्यस्तै नेपाली काँग्रेस पार्टीका उम्मेदवार महेन्द्र यादव ले ४ हजार ४७, नेकपा (एमाले) का रघुबीर महासेठ ले २ हजार ५९७ प्राप्त गर्नु भएको छ ।





