महोत्तरी – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजकिशोर महतो निर्वाचित हुनुभएको छ ।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार महतोले ४८ हजार २७० मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले जानकारी दिनुभयो ।




उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले ११ हजार ५२९ मत प्राप्त गर्नुभएको छ ।
कुल १ लाख २७ हजार ७७८ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ८३ हजार ९६७ मत खसेको थियो ।





