सुर्खेतमा जबर्जस्ती बलात्कारपछि हत्या गरिएकी ईनिशा विकका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन संयुक्त दलित सञ्जाल महोत्तरीले सरकारसँग माग गरेको छ।
सञ्जालले आज संयुक्त हस्ताक्षरसहित पाँच बुँदे माग राख्दै इलाका प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो।




ज्ञापनपत्रमा घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, घटनामा संलग्न सबै दोषीहरूको यथाशीघ्र पहिचान गरी कडा कानुनी कारबाही गर्नुपर्ने, पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तथा यस्ता जघन्य अपराध दोहोरिन नदिन राज्यले सुरक्षा व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने माग गरिएको छ।
सञ्जालले घटनालाई गम्भीरतापूर्वक लिएर दोषीलाई कानुनको कठघरामा ल्याउन सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न पनि आग्रह गरेको छ।




