महोत्तरी – प्रधानमन्त्री शुशीला कार्कीले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाईगौशालाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री कार्की शुक्रबार अपराह्न १ बजे गौशाला पुग्नुहुने कार्यक्रम रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिनुभयो।उक्त अवसरमा उहाँले जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शनसमेत गर्नुहुने कार्यक्रम तय गरिएको छ।



निगौल गाईगौशालामा रहेका गाईवस्तुको दुरावस्थाबारे विभिन्न समयमा उठ्दै आएका गुनासोका सन्दर्भमा प्रधानमन्त्रीको निरीक्षणपछि व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।





