जनकपुरधाम – महोत्तरीको सदरमुकाम जलेश्वरमा रास्वपा सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रर्दशन गरेका छन् । सोमबार सिंह जलेश्वरस्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अन्य सरकारी कार्यालयको प्रमुखसँग प्रशासन कार्यालयमा छलफल गरिरहेको बेला उनीविरुद्ध कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् ।
स्थानीय नेता कार्यकर्तासँग कुनै समन्वय नगरी सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरेको भन्दै उनीहरू रुष्ट बनेका हुन् । उनीहरूले ‘अमरेश सिंह मुर्दावाद’ लगायतको नारा लगाएका थिए । बैठक कक्षमै प्रवेश गर्न खोजेका नेता कार्यकर्तालाई भने प्रहरीले रोकेको छ ।



रास्वपाका स्थानीय कार्यकर्ता प्रकाश पाठक लगायत स्थानीय रास्वपाका कार्यकर्ताहरु विरोध प्रदर्शनमा रहेका थिए । सिंह सर्लाही-४ का निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । जलेश्वर महोत्तरी क्षेत्र नं. ३ पर्छ । यहाँबाट रास्वपाका उज्वल झा निर्वाचित छन् ।साभार:अनलाइनखबर




