धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक पबिन्द्र नेङ्वानका अनुसार स. १ त. ५१२९ नम्बरको ट्याक्टर दुर्घटनामा परेर कमला नगरपालिका–६, का चालक आकाश यादवको मृत्यु भएको हो ।



आइतबार दिनको १ बजे खेतबाट माटो ओसार्ने क्रममा ट्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका यादवको मृत्यु भएको हो ।
घटनास्थलको आवश्यक मृचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नेङ्वानले बताउनुभयो ।




