सिरहा । युरोपियन युनियन र संयुक्त राष्टसंघ महिला कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग, प्रोपव्लिकको अगुवाईमा निर्डस नेपाल धनगढी र सुशासन प्रर्वद्धनका लागि युवा सुर्खेतको साझेदारीमा संचालित लैगिंक समानताका लागि समाजिक जवाफदेहिता परियोजना अर्न्तगत नवराजपुर गाउँपालिका वडा नम्वर ४ सार्वजनिक सुनुवाई कार्यक्रम २०८३ जेष्ठ २६ गते सम्पन्न भयो ।

स्थानीय सरकारले प्रवाह गर्ने विकास र सेवासंग सम्वन्धित कार्यलाई लैगिंकमैत्री, जनमुखी, जवाफदेहि र पारदर्शि वनाउने साथै योजना तर्जुमा तथा निर्णय प्रकियामा महिला तथा पछाडि पारिएको वर्ग, दलित जनजाती र अपांगता भएका व्यक्तिहरुको सहभागिता सुनिश्चित वनाउने उद्देश्यले आयोजना भएको सो सार्वजजिक सुनुवाई कार्यक्रममा ६० जना भन्दा वढी स्थानीय महिला पुरुषहरुको सहभागिता रहेको थियो भने जवाफदेहि व्यक्तिको रुपमा वडा अध्यक्ष देवीराम यादव, महिला सदस्य रामसकिन मण्डल, स्वास्थ्य शाखा प्रमुख सन्जिव कुमार यादव, महिला शाखा प्रमुख अमरनाथ महतो रहनु भएको थियो ।




विकास र सेवासंग सम्वन्धित रहेर १६ जना भन्दा वढी महिलाले योजना तर्जुमा महिलाको सहभागिता,पानी पाईपको समस्या, हेन्डपाईप, सोलर, विभेद,घेरेलु हिंसा, महिला हिंसा, वालविवाह, ब्युटी पार्लर, आयआर्जन सम्वन्धी तालिम जस्ता विषयमा प्रश्न गरेका थिए । सवै प्रश्नहरुको एक एक गरी जवाफ दिदै वडा अध्यक्ष देवीराम यादवले जवाफ दिनु भएको थियो ।

कार्यक्रमको अन्तमा लैगिंमैत्री सार्वजनिक सेवा प्रवाह गर्न पालिका र वडा सधै प्रतिवद्ध रहेको कुरा वताउदै, सेवाग्राही पनि जागरुक हुनुपर्ने भन्दै ६ वटा लिखित सार्वजनिक प्रतिवद्धतामा पनि गर्नुभएको थियो ।

परियोजना संयोजक अजय कुमार शाह र सहजकर्ता रन्जु कुमारी यादवले संयुक्त रुपमा सहजीकरण गर्नुभएको भने सार्वजनिक सुनुवाईको महत्व ,सेवा प्रदायक र सेवाग्राहीको काम कर्तव्य र दायित्वको वारेमा प्रो पव्लिकका टिम लिडर पोष्ट केसी प्रष्ट पार्र्नुभएको थियो ।





