सुजाता राई
विराटनगर। हामी र हाम्रो कृति समाजको ब्यानरमा दिपक पनेरुको छन्द चारुसङ्ग्रह ‘शून्य अनुराग’ शनिबार लोकार्पण भएको छ ।
पूर्णबहादुर श्रेष्ठको संचालनमा समाजका अध्यक्ष मदन प्रसाद नेपालको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको आसनमा वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल रहनु भएको थियो । त्यसैगरी विशिष्ट अतिथिको आसनमा वरिष्ठ कवि कलानिधि दाहाल, विजयध्वज थापा, डा. देवी पन्थी, सुनिल अधिकारी, साहित्यकार तथा आध्यात्मिक चिन्तक हरिभक्त सिग्देल ‘महेश, प्रथम चारुसङ्ग्रह प्रकाशित गर्नु भएकी चितवनकि अमृता रसाइली रामदामज्यू र बरिस्ठ संस्कृति कर्मी लक्ष्मण रायमाझीको उपस्थित थियो।



संस्थाका सचिव बद्री उप्रेतीको कुशल व्यवस्थापनमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत विशिष्ट अतिथिज्यूहरूले विमोचित कृति माथि सटिक विश्लेषण गर्दै दिपक पनेरुद्वारा लिखित लोकलयमा प्रथम चारुसङ्ग्रह ‘शून्य अनुराग’ साहित्यको भण्डारमा एऊटा छुट्टै पहिचान बोकेको कृतिको रूपमा रहने कुरामा आफूहरू ढुक्क भएको प्रष्ट पार्दै विमोचित कृतिका कृतिकारलाई बधाई तथा शुभकामना दिए।

विशिष्ट अतिथिको आसनमा रहनु भएका डा. देवी पन्थीज्यूले समीक्षकको समेत भूमिका निर्वाह गर्दै विमोचित कृति ‘शून्य अनुराग’ लोकलयमा प्रथम चारुसङ्ग्रह भएको र यस सङ्ग्रह भित्र समेटिएका हरेक चारुका पङ्क्तिहरू अत्यन्तै गहन र मिठो भावमा सजिएको हुँदा पाठक वर्गको मन छुने कुरामा आफू विश्वस्त रहेको कुरा बताउँदै कृतिकार दिपक पनेरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैगरी विमोचित कृतिका कृतिकार दिपक पनेरुज्यूले कृति प्रकाशनमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै विमोचन सभालाई सफल बनाईदिन उपस्थित हुनुभएका सम्पूर्ण साहित्यकारज्यूहरू प्रति आभार प्रकट गरे।
लगभग ७० जना साहित्यकारज्यूहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित हुनु भएका मध्यहरूबाट विमोचित कृतिबाटै चारु वाचन गर्नुहुनेहरूमा मानन्धर अभागी, राजेन्द्र कुमार बज्राचार्य, अरूण खड्का, प्रमोद भट्टराई ‘ प्रतिक’, नम्रता उप्रेती, सुभद्रा अधिकारी, इन्दिरा रेग्मी, अमृता रसाइली ‘रामदाम’, कल्पना मरासिनी र बद्री उप्रेतीलगायतका सहभागी रर्यो।
अन्त्यमा कार्यक्रमका सभाध्यक्ष मदन प्रसाद नेपालले कार्यक्रम ऐतिहासिक भएको र विमोचित कृति नेपाली साहित्यको भण्डारमा उदाहरणीय दस्तावेजको रूपमा रहने कुरामा आफू विश्वस्त रहेको र उक्त कृतिका कृतिकार दिपक पनेरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।




