दिवेश कुमार महतो
महोत्तरीको धार्मिक एवम् पर्यटकीय क्षेत्र टुटेश्वरनाथ महादेव मन्दिरमा आउने श्रदालुभक्तजनहरुको लागि स्वास्थ्य सेवा स्वरूप हेल्थ डेस्क राखेर कार्यक्रम गरिएको छ।
साउन महिनाको प्रत्येक सोमबार लाग्ने मेलामा लायन्स क्लब अफ बर्दिबास सामाज र लियो क्लब अफ बर्दिबास समाजले दोश्रो हप्ता आज हेल्थ डेक्स राखेर सेवा प्रदान गरिएको छ ।



टाढा-टाढाबाट दर्शनका लागि आउनु भएका श्रद्धालु भक्तजनहरूलाई स्वास्थ्य मा कुनै पनि किसिमले समस्या नहोस् र प्राथमिक उपचारका माध्यमबाट सम्भावित जोखिम न्यूनीकरण होस भन्ने उदेश्यले हामी प्रत्येक वर्ष श्रदालु भक्तजनहरुको सेवामा समर्पित रहँदै आएको कुरा लियो क्लब अफ बर्दिबास समाजकी अध्यक्ष आशा साहले बताइन्।

“देशभित्रबाट तथा छिमेकी मुलुक भारतबाट आउने दर्शनार्थीहरूको ठूलो घुइँचो लाग्ने टुटेश्वरनाथ महादेव मन्दिरमा भक्तजनहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै हेल्थ डेस्क सञ्चालन गरिएको लायन्स क्लब अफ बर्दिबास सामाजकी अध्यक्ष हेम कुमारी बराल (सुनिता) बताइन् । उनका अनुसार “हेल्थ डेस्कमार्फत रक्तचाप परीक्षण, सामान्य स्वास्थ्य जाँच, प्राथमिक उपचार तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो । लायन्स क्लब अफ बर्दिबास समाज र लियो क्लब अफ बर्दिबास समाजको संयुक्त पहलमा सञ्चालन गरिएको उक्त सेवामा स्वयंसेवक तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। आयोजकले साउन महिनाका बाँकी सोमबारहरूमा पनि यस्तै सेवा निरन्तर सञ्चालन गरिने ,उनले बताइन् ।
महोत्तरीको धार्मिक तथा पर्यटकीय स्थल टुटेश्वरनाथ महादेव मन्दिरमा साउन महिनाको सोमबारी मेलाका अवसरमा लायन्स क्लब अफ बर्दिबास समाज र लियो क्लब अफ बर्दिबास समाजले संयुक्त रूपमा सञ्चालन गरेको हेल्थ डेस्कले श्रद्धालु भक्तजनहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको र प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र परामर्शमार्फत सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यो सेवा सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण रहेको एक श्रदालुले बताउनुभयो।
उक्त कार्यक्रममा लियो , लायन्स का पदाधिकारीहरुको उपस्थिति रहेको र यो सेवा आँउने प्रत्येक सोमवार का लागि निरन्तर रहि रहने कुरा ,लियो जिल्ला परिषद ३२५ एफ नेपालका कमिटि डाइरेक्टर लियो रजनिश कुमार सिंहले बताए ।





