ढल्केबर। हरित चौतारी अभियानअन्तर्गत रहेर दामी आर्ट्स जनकपुरले सर्लाही जिल्लाको बरहथवाका चौतारीहरुमा मिथिला चित्रकला निर्माण गरिएको छ ।
दामी आर्ट्स जनकपुरधामले सर्लाही युथ प्यानलको सहकार्यमा सञ्चालित “हरित चौतारी अभियान” अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका भित्र रहेका स्थानीय चौतारीहरूमा मिथिला चित्रकला निर्माण गरिएको सर्लाही युथ प्यानलका प्रतिनिधि मिलन परियारले बताउनुभयो । उनका अनुसार “विदेशी पर्यटकहरु लाखौं खर्चेर मिथिला पेन्टिङ्ग किनेर लैजानु र मन पराउनु भएको छ तर तराई -मधेसमा खासै यसको संरक्षण र संवद्र्धन नभएको बताउनुभयो । ” हामीले हाम्रो ठाउँमा पहिला मिथिला चित्रकला को संरक्षण र संवद्र्धन गर्न सके देश विदेशमा पनि यसको उत्तिकै महत्व बढ्ने विश्वास व्यक्त गर्नुभयो ” ।



मिथिला कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यस अभियानमा दामी आर्ट्सका कलाकारहरूले चौतारीहरूमा मिथिला चित्रकलामार्फत कलात्मक स्वरूप प्रदान गरेका थिए।

“आफ्नो संस्कृति र परम्परालाई कलाको मार्फत स्थानिय स्तरमा जोगार्ना गर्ने उदेश्यले निर्माण गरिएको यो चित्रकलाले भावी पुस्तामा आफ्नो सांस्कृतिक र धार्मिक परम्परा प्रति आस्था बढ्ने र सकरात्मक सन्देश प्रवाह हुने” दामी आर्ट्स का सहसंस्थापक आर्टिस्ट स्मृति बस्यालले बताइन्। उनका अनुसार “पश्चिमी सभ्यता र विदेशी परमपराहरु नेपालमा भित्रिदा मिथिला चित्रकला लोप हुने अवस्था आएको र यसको जोगार्न गर्न स्थानिय तहले उल्लेखनिय भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।
“दामी आर्ट्सले यस सहकार्यलाई कला, संस्कृति र सामाजिक एकताको प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको दामी आर्ट्स का संस्थापक काजल झाले बताउनुभयो। उनका अनुसार दामी आर्ट्सले आगामी दिनमा पनि मिथिला चित्रकलाको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामाझ यसको पहिचान विस्तार गर्नमा सधैं प्रतिबद्ध रहने बताउनुभयो ।
काजल झाले भन्नुभयो “हामीले महिला सशक्तिकरण मा जोड दिदैं महिलाहरूलाई चित्रकला को दिप सिकाएर रोजगारी को अवसर सिर्जना गरेको र मिथिला चित्रकला लाई संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न मेला ,युथ सम्मेलन र समारोह हरुमा समेत स्टल लगाएर काम गर्ने गरेको बताउनुभयो ।

“जनकपुरधामबाट बरहथवा पुगेर अभियानमा योगदान पुर्याएको दामी आर्ट्सको टोलीलाई सर्लाही युथ प्यानलले विदाई तथा सम्मान समारोह आयोजना गरी सम्मान गरेका छन् । सो अवसरमा बरहथवा नगरपालिकाका नगर प्रमुखबाट दामी आर्ट्सलाई प्रशंसापत्र दुई गम्छा ओढाएर सम्मान प्रदान गरिएका थिए।
समग्रमा, दामी आर्ट्स जनकपुरधामले सर्लाही युथ प्यानलसँगको सहकार्यमा बरहथवाका चौतारीहरूमा मिथिला चित्रकला निर्माण गरी कला, संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको स्थानियले खुशी व्यक्त गर्दै बताएका थिए । उनका अनुसार “स्थानीय तह र समुदायको सहकार्यमा यस्ता अभियानलाई निरन्तरता दिन सके मिथिला कलाको संरक्षण तथा प्रवर्द्धनले थप गति लिन सक्छ। दामी आर्ट्सको यो पहलले मिथिला चित्रकला केवल कला मात्र नभई हाम्रो पहिचान, संस्कृति र आर्थिक सशक्तीकरणको महत्त्वपूर्ण आधार हो भन्ने सन्देश दिएको छ” ।





