जनकपुरधाम- प्रदेश २ काे राजधानी जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा ५ जना निर्विरोध निर्वाचित भएका छन् ।प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार ५ जना समस्य पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध हुनेहरुमा प्रत्येक जिल्लाबाट प्रदेश सदस्य खुल्लामा सप्तरी जिल्लाबाट आशाराम चौधरी निर्विरोध निर्वाचित भएका हुन् । उनी बिरुद्ध सप्तरीबाट कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका छन् ।त्यस्तै प्रत्येक जिल्लाबाट महिला सदस्यमा सप्तरीकी विमला देवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरण कुमारी शर्मा बिरुद्ध सो जिल्लाबाट उम्मेदवारी नपरेकाले उनीहरु पनि निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।



त्यसैगरि प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङनी निर्विरोध निर्वाचित भएकी छिन् । उनी बिरुद्ध उम्मेदवारी दिएकी रत्ना लामाले उम्मेदवारी फिर्ता लिएपछि तामाङनी निर्विरोध निर्वाचित भएकी हुन्।




