जनकपुर।नेपाली कांग्रेसको प्रदेश २ नेतृत्व चयनका लागि भएको चुनावमा सभापतिमा कृष्ण यादव विजयी भएका छन् ।
देउवा पक्षका कृष्ण यादव १४१ भोटकाे मतान्तरले शेखर काेईराला-विमलेन्द्र निधि पक्षका सभापतिका उम्मेदवार रामसरोज यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।
कृष्णले ९ सय ९६ मत प्राप्त गरेका छन् भने रामसरोजले ८५५ मत पाएका छन् ।३० मत बदर भएको छ । मत परिणामको औपचारिक घोषणा हुन अहिले बाँकी छ ।कृष्ण पार्टी रौतहटका सभापति हुन् भने रामसरोज काँग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भाैतिक पूर्वाधार विकास मन्त्री हुन् ।



रामसरोजलाई शेखर कोइराला, रामचन्द्र पौडेल पक्षको पनि समर्थन थियो भने कृष्ण यादवलाई देउवाको सहयोग थियो ।
६७ पदका लागि बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा जम्मा १९ सय ५१ मतदाता रहेकोमा १८सय ८१ मत खसेको थियो ।राति ११ बजेबाट मतगणना सुरु भएको थियो ।
शुक्रबार बिहानै सभापतिको नतिजा सार्वजनिक भइसकेको छ ।अब उपसभापतिको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।




