जनकपुरधाम- जनकपुरधाम स्थित श्रीगणेश युवा कमिटिको सप्ताहव्यापी २३ औं वार्षिकोत्सव कार्यक्रमअन्तर्गत आज (सोमबार) जानकी वृद्धाश्रममा खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
प्रदेश २ का सभासदस्य प्रमेश्वर साहको विशेष उपस्थितिमा कमिटीले सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रम ‘श्री गणपति सप्ताह २०७८’ अन्तर्गतको पाँचौ दिन वृद्धाश्रममा बस्ने वृृद्धालाई सो खाद्यान्न सामाग्री वितरण गरेको कमिटीका अध्यक्ष सन्तोष महतोले बताए ।



प्रदेश सभासदस्य साहले मिथिला र हिन्दू समाजमा वृद्धाश्रम शोभनीय नभएपनि बेसाहाराको साहारा भएकोले राज्यले आश्रमकी वृद्धाहरुको जिम्मेवारी लिनुपर्ने बताए ।
समाजसेवी अमरचन्द्र अनिल, आश्रम सञ्चालन समिति सदस्य सुरेश कोइराला, जनकपुरधाम जेसिस २०२२ का अध्यक्ष राजकुमार साहसहितले वृद्धाश्रम सञ्चालन तथा चुनौतिहरुका विषय एवं गणेश युवा कमिटी सहितका युवा कमिटीले वृद्धाश्रममा गरेका सहयोगको प्रशंसा गरेका थिए ।
त्यसअवसरमा कमिटीका निर्देशक पुरन साह, पुर्व अध्यक्ष सुरेन्द्रकुमार भण्डारी, सन्तोषकुमार साह, उपाध्यक्ष संजय साह, महासचिव बलराम साह सहितको उपस्थिती थियो ।
मंगलवार कमिटिले पाँचौ दिन रक्तदान तथा स्व. पत्रकार उमासिंहको स्मृतीमा महिला पत्रकारलाई सम्मान कार्यक्रम गर्दैछ ।
यस अघि किमिटीको सप्ताहव्यापी २३ औं वार्षिकोत्सव कार्यक्रमको तेस्रो दिन आइतवार कबिर बालआश्रममा राहत समाग्री वितरण गरिएको छ ।
कमिटिका पदाधिकारीले चिसोमा आश्रममा रहेका बालबालिकाहरुलाई समस्या नहोस भन्ने उद्देश्यले न्यानो कपडा, जलावन, खाद्य समाग्री सहितको सरसमानहरु आश्रमका गुरु सन्त आलोकलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कमिटीका वरिष्ठ निर्देशक शिवशंकर साह हिराले बालआश्रम सञ्चालन र सहयोगमा राज्यको ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा कमिटिका अध्यक्ष सन्तोष महतो, पुर्व अध्यक्ष सुरेन्द्र सिंह, जउनपा वडा नं. १ का वडा अध्यक्ष सत्रुधन प्रसाद साह, सहयोगी जमुना भुजेल सहितको उपस्थिती थियो ।




