ढल्केबर- “खेल खेलौ,रोग प्रतिरोधात्मक क्षमता बढाउ,तथा कोरोना महामारी बाट बचौं”भन्ने मुल उदेश्य का साथ दोस्रो साप्ताहिक खेलकुद- २०७८ , जनता माध्यमिक विद्यालय नक्टाझिज मा सुरु भएको छ।
सोमबार एक कार्यक्रमका बीच मिथिला नगरपालिका वार्ड नं-२ का वडा अध्यक्ष बिहारी महतो र जनता मावि नक्टाझिजका प्रअ श्याम कुमार यादवले उक्त साप्ताहिक खेलको उदघाटन गरेका थिए ।

विधालय भित्र जम्मा ४ वटा हाउस डिभिजन गरेर , एकआपसमा विधालयको विधार्थीहरु बिच खेल गराइने भएको छ। छात्रा र छात्र छुट्टाछुट्टै ग्रिन हाउस, रेड हाउस , ब्लु हाउस र एलो हाउस गरी जम्मा ८ वटा टिम बिच प्रतिस्पर्धा गराइएको छ।
खेल अन्तर्गत हक्की, क्रिकेट, फुटबल, कब्बडी, दौड,बल थ्रो,हाइ जम्प,लङ्ग जम्प रहेको छ। आउदो सरस्वती पुजालाई मध्यनजर गर्दै सरस्वती पुजा सम्म विधालय भित्र खेल हुने छ। सो खेलको पुरस्कार बितरण सरस्वती पुजा को दिन गरिने स्कूलले जनाएको छ।
उक्त कार्यक्रममा मिथिला नगरपालिका वार्ड नं-२ का वाडा अध्यक्ष बिहारी महतो,प्रअ श्याम कुमार यादव, विधालय व्यवस्थापन समितिका सदस्य नेहाली महतो, कब्बडी फोकल शिक्षक भरतलाल महतो र दिनेस महतो, विधालय हक्की फोकल पर्सन श्याम बाबु नायक, क्रिकेट फोकल शिक्षक बुधन महतो र धिरेन्द्र कुमार महतो, फुटबल फोकल शिक्षक विश्वनाथ महतो,ऐथलेकटिस फोकल शिक्षक राजकुमार साह को उपस्थिति रहेको थियो।


