अन्जनी कुमारी सिंह, बिजलपुरा । मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएका परिवारलाई जनमत पार्टीले गरे आर्थिक सहयोग। जिल्लाको बर्दिबास नगरपालिका वडा १३ भेडियाडी बस्ने सञ्जय राउतको जनकपुर जन्ती जाने क्रममा गत माघ १४ गते सञ्जय राउतको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएका थिए ।
राउतको परिवारको अवस्था दैनिए भएकोले जनमत पार्टी बिजलपुराद्वारा ५० के.जि. चामल र ३००० हजार रुपौया नग्द सहयोग गरेको बर्दिबास नगरपालिका का नगर उपाध्यक्ष दिपनरायन महतो बताए ।







