महोत्तरी- महोत्तरीमा बौला कुकुरको टाेकाईबाट २० जना घाइते भएका छन् ।
जलेश्वर नगरपालिका–८ बजराही गाउँमा कुकुरको टोकाइबाट २० जना घाइते भएकाे स्थानीयले बताएका छन् ।



बजराहीको आधारभूत विद्यालयको छेउ भएर ब्रह्मबाबा स्थानसम्म जाने बाटोमा रहेको कुखुरा फाराम नजिकै रहेको एक कुकुरले टोकेर स्थानीय २० जनालाई घाइते बनाइ दिएको छ ।
विगत तीन/चार दिनको अवधिमा सो कुकुरले स्थानीय चन्दु ठाकुर, रामआश्रे मण्डल, रमेश ठाकुर सहित आठ महिला र १२ पुरुष गरी २० जनालाई टोकेर घाइते बनाएको स्थानीयवासी चन्देश्वर साहले बताए।
घाइतेहरूले जिल्ला अस्पताल जलेश्वरमा उपचार गराएका छन् । स्थानीयवासीले उक्त बौला कुकुरलाई नियन्त्रण गर्न प्रहरी प्रशासन र जलेश्वर नगरपालिका संग माग गरेका छन् ।




