महोत्तरी : महोत्तरीमा विवादित रहेको क्षेत्रमा नेपाली कांग्रेसको अधिवेशन फागुन ८ गते हुने भएको छ ।
फागुन ८ गते महोत्तरीको विवादित वडा र क्षेत्रमा अधिवेशन हुने भएको हो ।



मनरासिस्वा नगरपालिका–८, बल्वा नगरपालिका र क्षेत्र नम्बर ३ को अधिवेशन विवादका कारण स्थगित रहेकोमा ८ फागुनमा निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने तय भएको हो ।
केन्द्रीय सदस्य (तत्कालीन जिल्ला अध्यक्ष) महेन्द्र राय यादवले पिपरा गाउँपालिका स्थित रामनारायण विद्यालयको प्राङ्गणमा क्षेत्रको निर्वाचन गर्ने दुवै पक्षबीच सहमति भएको जानकारी दिए ।




