महोत्तरी। महोत्तरीमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ४८ फरार प्रतिवादी पकाउ परेका छन ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जिल्ला अदालत महोत्तरीबाट प्राप्त फरार प्रतिवादीको सुचि मध्येबाट ४८ जना पकाउ गरि उनीहरुलाई कैद भुक्तानको लागि कारागार पठाएको बताए। उनले ४८ जनाबाट १७ वर्ष ८ महिना कैद उसुल र एघार लाख तैतिस हजार १९० जरिवाना उसुल उपर गरिएको थपे ।
एउटै मुद्दामा समेत एक वा एक भन्दा बढी मानिसहरु प्रतिवादी हुने गरेको तर एउटै पनि अदालतमा पेश नभएको वा एक वा केहि जना अदालतमा हाजिर भए बाकिहरु हाजिर नहुदा उनीहरुलाई समेत कुनै मुद्दामा सजाय सुनाउदा उनीहरु बाहिरबाट नै भाग्ने गरेकोले त्यसता व्यक्तिहरु फरार प्रतिवादीहरुको सुचिमा अत्यधिक रहेको प्रवक्ता डिएसपी विष्टले बताए। उनले अदालतबाट धरौटीमा छुटेकाहरु समेत अन्तिम फैसलाको समय सजाय पाउदा भाग्ने गरेका बताए ।
प्रहरीले एकटोली नै बनाई यस्ता फरार प्रतिवादीहरुलाई पकाउ गरिरहेको उनले थपे। २०९७ वर्ष भन्दा बढी कैद भुक्तान बाकि यता जिल्ला अदालत महोत्तरीबाट हालसम्म फैसला सुनाएर पनि फरार भएका प्रतिवादीहरुबाट वि.सं. २०४५ साल देखि २०७८ असार मसान्तसम्म दुई हजार २६० वर्ष ८ महिना र २५ दिन कैद उसुल गर्नु पर्ने भएकोमा सो मध्ये १६३ वर्ष ५ महिना र ८ दिन कैद उसुल गरिसकिएको र दुई हजार ९७ वर्ष ३ महिना १७ दिन कैद उसुल उपर गर्न बाकि रहेको जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार मदन प्रसाद जयसवालले वताए ।
उनले अदालतले सुनाएको फैसला मध्ये फरारहरुसंग जरिवानामात्र दश करोड ५९ लाख ५ हजार ४२० रुपया उसुल बाकि रहेको थपे।जिल्ला अदालत महोत्तरीको तथ्यांक अनुसार वि.सं. २०४५ सालको असार मसान्तसम्म ११७ वर्ष २ महिना र २३ दिन कैद,२०४६ साल श्रावण महिना देखि २०५५ साल असार मसान्तसम्म १३ बर्ष २५ दिन,२०५६ श्रावण देखि २०६५ असारको ४९८ वर्ष १० महिना१३ दिन,२०६६ साल देखि २०७८ साल असार मसान्तको १४६८ वर्ष ३ महिना ९ दिन र नयाँ लगतको १६३ वर्ष ३ महिना १५ दिन गरि कुल २२६० वर्ष ८ महिना २५ दिन कैद उसुल गर्नु पर्नेमा प्रहरीबाट अदालतको आदेशको पालना गर्दै २०५५ साल देखि २०६५ साल असार नको मध्ये १ महिना १५ दिन कैद उसुल,२०६६ साल देखि २०७८ साल असार मसान्तको मध्ये १११ वर्ष ३ महिना र नयाँ लगत मध्येबाट ५२ वर्ष २३ दिन कैद उसुल गर्न फरार प्रतिवादी पकाउ गरिएको श्रेस्तेदार जयसवालले बताए।
यता फरार प्रतिवादीबाट नै १० करोड ८० लाख १५ हजार ४८ रुपया जरिवाना उसुल गर्नु पर्नेमा प्रहरीको सकृयतामा २१ लाख ९ हजार ६२८ रुपया जरिवाना उसुल गरिएको उनले बताए ।
यता अझै २०९७ वर्ष ३ महिना १७ दिन कैद तथा १० करोड ५९ लाख ५ हजार ४२० रुपया उसुल गर्न बाकि रहेको श्रेस्तेदार जयसवालले थपे । महोत्तरीमा जिल्ला अदालत महोत्तरीबाट फरार प्रतिवादी पकाउ गर्न ताकेता बढ्न थालेपछि प्रहरी समेतले फरार प्रतिवादी पकाउमा सकृयता बढाउदै गएको छ ।




