जनकपुरधाम- धनुषा जिल्ला कांग्रेसको सभापती जारी मतगणनाकाे पछिल्लाे मत गणना अनुसार योगेन्द्र पजियारकाे अग्रता कायम राखेको छ ।
धनुषाको कांग्रेसको सभापती तर्फ १९६५ मतपत्र सम्मको गणना गर्दा संस्थापन इतर पक्षका याेगेन्द्र पजियारको अग्रता निरन्तर कायम राखेको छ । मत गणनाको सुरुवातमा संस्थापन पक्षका सन्तोष यादवले अग्रता लिएका थिए भने अहिले पछिल्लाे मतगणनाबाट पजियारले अग्रता लिएका छन् । अहिले सम्मको मतपरिणाम अनुसार सभापतीका उम्मेदवारहरु योगेन्द्र पजियार ९३१, संतोष यादव ५०८ र दिनेश प्रशौला ४२७ मत प्राप्त गरेका छन् । अब ९४८ मतको गणना मात्र बाँकी रहेको छ ।



निर्वाचन क्षेत्र नं ३ र ४ को मतगणना सम्पन्न भएको छ । अब क्षेत्र नं १ र २ को मतगणना बाँकी रहेको छ ।
कांग्रेस धनुषाको नेतृत्वका लागि सोमबार अबेर राती सम्पन्न मतदानको मतगणना आज दिउँसो दुई बजेर ३५ मिनेट देखि शुरु भएको हो ।
४ निर्वाचन क्षेत्र रहेको धनुषाको निर्वाचन क्षेत्र नं. ४ बाट मतगणना शुरु भएको थियो। धनुषा कांग्रेसको जिल्ला अधिवेशनमा तिन हजार एक सय ७३ कुल मतदाता रहेकामा सोमवार दुई हजार ९ सय १२ जनाले मतदान गरेका थिए । मतदानमा २ सय ६१ जना अनुपस्थित रहे ।




