महोत्तरी- जयनगर रेल सञ्चालन हुन थालेसँगै बर्दिबासका स्थानीयले भने आन्दोलन थालेका छन्।बर्दिबास नगरपालिका(१४ मा बन्न लागेको रेल्वे स्टेशन क्षेत्रका स्थानीयहरूले आन्दोलन थालेका हुन्।त्यो क्षेत्रमा बन्न लागेको रेल्वे स्टेशनको जग्गामा मुआब्जाको विवाद छ। सरकारले धेरै कम मुआब्जा घोषणा गरेर जग्गा अधिग्रहणको प्रक्रिया थालेको उनीहरूको आरोप छ।स्थानीयले ‘रेल्वे स्टेशन चाहिँदैन’ भन्दै प्रदर्शनसमेत गरिरहेका छन्।
स्थानीयका अनुसार पूर्व(पश्चिम राजमार्गको पाँच सय मिटर दक्षिणमा सरकारले रेल्वे स्टेशन बनाउन खोजेको छ।त्यहाँ ६० बिगाहा जग्गा अधिग्रहणको प्रक्रिया थालिएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने मुआब्जा समितिले निकै कम मूल्यमा जग्गा अधिग्रहण थालेको स्थानीय बद्री कोइरालाले बताए।उनका अनुसार सरकारले नापी र मालपोतमा जग्गाको लगत कट्टा गर्न पठाइसकेको छ। नेपाल रेल्वे विभागमा पठाउन बाँकी छ।



गाउँबाट पूर्वपट्टी रहेको उक्त जग्गा स्थानीयको धानखेत हो यहाँ चलनचल्तीमा प्रतिकठ्ठा ६० देखि ७० लाखसम्म छ,’ कोइरालाले भने, ‘सरकारले १२(१४ लाख प्रतिकठ्ठामा अधिग्रहण गर्न खोजेको छ।’अधिग्रहण गर्दा किस्ताबन्दीमा पैसा दिइने भएकाले त्यति कम पैसा लिएर स्थानीय कहाँ गएर अर्को जग्गा किन्न सक्छन् भन्दै उनले प्रश्न गरे।‘चलनचल्तीको दर सरकारले देओस्, एकमुष्ट पैसा देओस्, नभए हामी यहाँ रेल्वे स्टेशन बनाउन दिँदैनौं, स्टेशन सारे हुन्छ,’ उनले भने।जनकपुर(जयनगर रेल चलिसकेको छ। अहिले धनुषाको कुर्थासम्म रेल आइसकेको छ। महोत्तरीको रेल्वे स्टेशन स्थानीयको जग्गामा परेको छ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार एक वर्षअगाडि नै मुआब्जाको निर्णय भएको हो। अहिले क्रमश मालपोत र नापीमा लगत कट्टाको काम भइरहेको छ।‘गृह मन्त्रालयले निर्णय गरिसकेको कुरा हो, म आउनुभन्दा पहिले नै निर्णय भइसकेको हो,’ उनले भने, ‘त्यसलाई कार्यान्वयन गर्नेचाहिँ मेरो पालामा आएको छ।’एक वर्षअघि स्थानीयहरू गुनासो लिएर गृह मन्त्रालय पुगेका थिए। गृह मन्त्रालयले सचिवस्तरीय पुनरावलोकन समिति गठन गर्यो। उक्त समितिले पुरानै निर्णयलाई सदर गरिदिएको छ।त्यसपछि स्थानीयहरू फेरि प्रधानमन्त्री कार्यालयमा पुगे। प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिए। प्रधानमन्त्री कार्यालयले अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लेखेर पठाएको छ।
तर, उक्त मन्त्रालयमा फाइल अड्किएको छ।
‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हाम्रो माग सम्बोधन गर्ला भन्ने सोचेको छौं,’ कोइरालाले भने।जयनगर(बर्दिबास ६९ किलोमिटर रेल्वे हो। जयनगरदेखि बिजलपुरासम्म ५२ किलोमिटर रेल्वे ट्रयाक बनिसकेको छ।बिजलपुरादेखि बर्दिबास १७ किलोमिटर रेल्वे ट्रयाकसहित स्टेशन निर्माण गर्नुपर्ने छ।‘अहिले जग्गा प्राप्तिको काम भइरहेको छ, कहिले निर्माण हुने भन्ने टुंगो छैन,’ रेल्वे विभागका प्रवक्ता अमन चित्रकार भन्छन्, ‘जग्गाको मुआब्जा भन्ने कुरामा जहाँ पनि विवाद र स्थानीयको चित्त दुखाइ हुने गरेको छ।




