महोत्तरी – राप्रपा नेपाल महोत्तरीले नेकपा (एमाले)सँगको गठबन्धन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । राप्रपा नेपालले सूर्य चिह्नमा नै निर्वाचन लड्ने सहमति जनाएपछि एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालले महोत्तरीमा पनि गठबन्धन प्रक्रियालाई अगाडि बढाएका हुन् ।
जिल्लामा संगठनिक संरचनाको हिसावले राप्रपा नेपाल निक्कै पछाडि छ । अघिल्लो निर्वाचनमा उक्त पार्टीले जलेश्वर नगरपालिका–१० मा विजयी हासिल गरेको थियो ।



अहिले राप्रपावाट फुटेर राप्रपा नेपाल बनेपछि राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपाभन्दा कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल खुम्चिएको छ । राप्रपा नेपाल महोत्तरीका अध्यक्ष यनिखर गौतमका अनुसार महोत्तरीका विभिन्न पालिकामा गरि २८ वटा वडाहरूमा संगठनिक संरचना बलियो छ ।
जिल्लाको बल्वा नगरपालिकाअन्तर्गत वडा नम्बर ५ र ६, पिपराको वडा नम्बर ५ र ६, जलेश्वर नगरपालिकाको वडा नम्बर १०, बर्दिबास नगरपालिकाको ४, ५, १२, १३ र १४, गौशाला नगरपालिकाको वडा नम्बर १ र ७, सम्सी गाउँपालिकाको वडा नम्बर १ र ३, मनरासिस्वाको ३,६ र ७, मटीहानीको वडा नम्बर २ र ३, एकडाराको वडा नम्बर ३ र ५, रामगोपालपुरको वडा नम्बर ५ र ६, लोहारपट्टीको वडा नम्बर ४ र ५, सोनामाको वडा नम्बर २ र ५ मा संगठनिक संरचना बलियो भएको राप्रपा नेपाल महोत्तरीले जनाएको छ ।
बलियो भएका वडाहरूमध्ये १४ वटा वडाहरूमा आफ्नो भागमा हुनुपर्ने राप्रपा नेपालले दाबी गर्दै आएको छ । अघिल्लो निर्वाचनमा जलेश्वर नगरपालिका वडा नम्बर १४ जितेको तत्कालीन राप्रपाले अहिले राप्रपा नेपालले भने जलेश्वरमा उपमेयरको नै दाबी रहेको बताएको छ ।




