जनकपुर । जनकपुर उपमहानगरपालिकामा चार सय मत गणना हुँदा स्वतन्त्र उमेदवारले अग्रता कायम राखेका छन् ।
गठबन्धनको विरोधमा कांग्रेसका तर्फबाट मनोकुमार साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।



उनले अहिलेसम्म जम्मा १३५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उमेदवार दोस्रो छन् उनले ४५ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट उमेदवार बनेका लालकिशोर साहले २८ मत पाएका छन् । स्वतन्त्र उमेदवारी दिएका साह कांग्रेसका नगरसभापति थिए ।
उनले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उमेदवारी दिएका थिए ।




