जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एसका सन्तोष कुमार गोइत प्यानल सहित निर्वाचित भएका छन् ।
गोइतले ४१२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देवनाथ मैरता यादवले ३२४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए ।



सदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएका छन् ।




