जनकपुरधाम- महोत्तरीको मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पहिलो विजयी खाता खोलेका छन्।
शनिबार दिउँसोदेखि शुरु भएको मतगणना परिणामा अनुसार लोसपा नेपालले मटिहानी नगरपालिका वडा नं. १ मा प्यानल सहितै वडा अध्यक्ष पदमा शिवशङ्कर कुमार राय ३७८ मत ल्याइ विजयी भएका छन् ।




मटिहानी नगरपालिकाका निर्वाचन अधिकृत कुलबहादुर फडेराले राय सहितको प्यानललाई विजयी भएको घोषणा गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिचन्द्र साह २१२ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद बसिर राईनले १८१ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका छन् ।
निकटमत प्रतिद्वन्दी साह र विजयी भएका राय बीच १६६ मतको अन्तर रहेको निर्वाचन अधिकृत फडेराले जानकारी दिए।
यता मटिहानीमा नगरपालिकाको मेयर पदमा लोसपा नेपालबाट उम्मेदवारी दिएका हरि प्रसाद मण्डलको अग्रता कायमै छ ।
लोसपा उम्मेदवार मण्डल ३६३ मत ल्याइ अग्रस्थानमा रहेका छन् ।
अग्रस्थानमा रहेका मण्डललाई नेकपा एमालेका उम्मेदवार हेम चन्द्र यादव र जसपा नेपालका उम्मेदवार मोहम्मद मुजिवुल रहमानले पछयाई रहेका छन्।
मटिहानी नगरपालिकाको धिरापुर स्थित कार्यालयमा हलमा जारी मत गणना अनुसार वडा नं. १ मा एक हजार ५१५ मतदाता थिए ।




