जनकपुरधाम- धनुषाको धनाैजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।
अध्यक्षमा कांग्रेसका राजकुमार साह ९९ मत अन्तरले विजयी भएका हुन् ।



उनले २ हजार २६२ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका रामबाबु साहले १ हजार ४९५ मत र नेकपा एकीकृत समाजवादीका राजकुमार यादवले १ हजार २८९ मत ल्याएका हुन् ।
उपाध्यक्षमा कांग्रेसकी रामवती देवी मण्डल २ हजार ४३० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी रन्जिता देवी मण्डलले १ हजार ९०१ मत ल्याएकी हुन् ।
यस्तै नेकपा एमालेकी रुवदा खातुनले १ हजार ६५९ मत र नेकपा एकीकृत समाजवादीकी निर्मला देवीले १ हजार १२० मत ल्याएका छन् ।




