गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५ मा जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका ओमप्रकाश गुप्ता विजयी भएका छन् । ७०१ मत प्राप्तगरी गुप्ता विजयी भएका हुन् ।
गुप्ताका निकटतम प्रतिद्वन्द्वी नेकपा काँग्रेसका धर्मेन्द्र साहलाई २१३ मतले पछि पार्दै जित हात पारेका हुन् । साहले ४ सय ८८ मत प्राप्त गरेको निर्वाचित भएको निर्वाचन कार्यालय गौशालाले जनाएको छ ।



वडाध्यक्षसहित पुरै प्यानल जनता समाजवादी पार्टीबाट निर्वाचित भएको निर्वाचन अधिकृत मदन प्रसाद जयसवालले जानकारी दिए ।
यता, गौशाला नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा पनि जनता समाजवादी पार्टीका उम्मेदवारले आफ्नो अग्रतालाई कायमै राखेको छ ।




