रौतहट । रौतहटका पत्रकार फणी महत ब्रेन ट्युमरबाट पीडित भएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका निवासी पत्रकार महतको अहिले काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकले ब्रेन ट्युमरको तत्कालै शल्यक्रिया गर्नुपर्ने भनेकाले महतको शल्यक्रियाका लागि तयारी भइरहेको अस्पतालमा महतसँगै रहेका नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष कमल उपाध्यायले जानकारी दिए ।







