काठमाडौं। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यान खानले लागूऔषध मुद्दामा सफाइ पाएका छन्।
नोर्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हाई प्रोफाइल मुम्बई क्रुज ड्रग्स केसमा आर्यानलाई सफाइ दिएको हो। २ अक्टोबर २०२१ मा पक्राउ परेका आर्यनले २६ दिनपछि जमानत पाएका थिए।



उनकाे साथबाट लागूऔषध बरामद भएकाे भनिएकाे थियाे। तर विशेष अनुसन्धान टाेलीले उनकाे साथबाट लागूऔषध नभेटिएकाे बताएपछि आर्यानले सफाइ पाएका हुन्। उक्त केसमा १९ जना पक्राउ परेका थिए।




